आइतबार साँझ दक्षिणी हङकङको एक लक्जरी स्टेटमा सेवा गरिरहेको सटल बस बिजुलीको पोलमा ठोकिँदा चालकसहित तीन जना घाइते भएका छन्।
प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार सटल बस ताइतामको रेडहिल प्रायद्वीप नजिकै पाकपट सान रोडमा साँझ सवा ६ बजे बजे दुर्घटना भएको थियो।
दुर्घटनामा चालक गाडीको क्षतिग्रस्त भागमा फसेका थिए। उनलाई बेहोस अवस्थामा उद्धार गरिएको थियो। दुर्घटनामा एक पुरुष र एक महिला यात्रु पनि घाइते भएका छन्।
घाइते तीनै जनालाई चाइवानको पामेला युड नेदरसोल पूर्वी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
बस बिजुलीको पोलमा ठोकिनुअघि फुटपाथमा चढेको थियो।
1.2k
Shares

प्रतिक्रिया