हङकङबाट एउटा आँधी टाढिँदै गर्दा सहरतर्फ सोझिँदै अर्को आँधी

हङकङबाट एउटा आँधी टाढिँदै गर्दा सहरतर्फ सोझिँदै अर्को आँधी

टाइफुन तोराजीका कारण हङकङमा सोमबार रातिदेखि मंगलबार बिहानको बीचमा टी१ संकेत जारी हुन सक्नेछ (फाइल तस्बिर)


नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १८:३, हङकङ

भर्खरै एउटा आँधीलाई बिदाइ गर्दै गरेको हङकङले फेरि अर्को आँधीको सामना गर्नुपर्ने भएको छ। सहरमा आँधी यिनक्सिङका कारण आज दिउँसोसम्म टाइफुन चेतावनी संकेत जारी गरिएको थियो।

शुक्रबार दिउँसो जारी गरिएको टी१ संकेत शनिबार दिउँसो टी३ मा अद्यावधिक गरिएको थियो भने हङकङबाट क्रमश: टाढिन थालेको र कमजोर भएको अनुमानसहित आइतबार बिहान टी१ मा झारेर दिउँसो रद्द गरिएको थियो।

तर, एउटा आँधी टाढिँदै गए पनि अर्को आँधी भने सहरतर्फ सोझिएको हङकङ अब्जर्भेटरीले जनाएको छ। आज बेलुका ६ बजे जारी अब्जर्भेटरीको बुलेटिनमा उल्लेख भएअनुसार उष्णकटिबंधीय चक्रवात तोराजी हङकङतर्फ सोझिएको हो। तोराजी सोमबार रातिदेखि मंगलबार बिहानसम्ममा हङकङबाट ८ सय किलोमिटरको दूरीमा आइपुग्नेछ। र, त्यतिबेला टी१ संकेत जारी हुनेछ।

‘हालको पूर्वानुमान अनुसार, लुजोनको पूर्व समुद्रमा रहेको उष्णकटिबन्धीय चक्रवात तोराजी सोमबार रातिदेखि मंगलबार बिहानको बीचमा हङकङको ८०० किलोमिटर भित्र प्रवेश गर्नेछ,’ बुलेटिनमा भनिएको छ, ‘अब्जर्भेटरीले त्यसबेलासम्म स्ट्यान्डबाइ संकेत नम्बर १ जारी गर्नेछ।’

तोराजी दक्षिण चीन सागरको मध्य र उत्तरी भाग हुँदै पश्चमी ग्वान्दोङको तटतिर सर्ने अनुमान गरिएको छ। यद्यपि, यसको स्वरुप र तीव्रतामा अनिश्चितता छ।

तोराजीले उत्तरपूर्वी मनसुनसँग अन्तरक्रिया गर्ने भएकाले बुधबार र बिहीबारसम्म स्थानीय मौसमी अवस्था बिग्रनेछ। यो मनसुन र तोराजीको संयुक्त प्रभावले बुधबार र बिहीबार केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने हावाहुरी पनि चल्नेछ। ‘तोराजी त्यतिबेलासम्म पर्ल नदीको मुहान नजिकै हुन सक्छ वा एकै समयमा कमजोर पनि हुन सक्छ,’ बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .