हङकङमा जारी टी१ संकेत दिउँसो ३:२० बजे रद्द गरिँदैछ। टाइफुन यिनक्सिङ सहरबाट विस्तारै टाढा जाने प्रक्रियामा रहेको हुँदा टाइफुन संकेतलाई पूर्ण रूपमा हटाउन लागिएको हो।
यसअघि शनिबार दिउँसो जारी गरिएको टी३ संकेतलाई अब्जर्भेटरीले आज बिहान टी१ मा झारेको थियो। अब भने पूर्ण रूपमा हटाउन लागिएको हो।
तीव्र टाइफुन यिनक्सिङ अहिले सहरबाट दक्षिणपश्चिममा लगभग ४२० किलोमिटरको दूरीमा रहेको अनुमान गरिएको छ। र, यो क्रमश: टाढिँदै गइरहेको छ।
‘पछिल्ला केही घण्टामा यिनक्सिङले हङकङबाट दक्षिणपश्चिमतर्फ ट्र्याक गर्न जारी राखेको छ,’ अब्जर्भेटरीको बुलेटिनमा उल्लेख छ, ‘स्थानीय वायु अझै कमजोर भएको छ। दिउँसो ३:२० बजे स्ट्यान्डबाइ संकेत नम्बर १ रद्द गरिनेछ।’
54
Shares

प्रतिक्रिया