मंगलबार दिउँसो हङकङमा स्काफोल्डिङ भत्काउने क्रममा खसेर एक कामदारको मृत्यु भएको छ।
४४ वर्षीय पुरुषलाई मंगलबार दिउँसो करिब २ बजे तोक्वा वानस्थित ११ तले तुङनाम फ्याक्ट्री भवनमा सहकर्मीले अचेत अवस्थामा फेला पारेका थिए।
सहकर्मी अचेत भेटिएपछि उनीहरूले आपतकालीन सेवामा खबर गरेपछि पुगेका अधिकारीहरूले याउमा तेईस्थित क्वङ वाह अस्पताल पुर्याएका थिए। तर, उनलाई त्यहाँ मृत घोषित गरियो।
प्रहरी स्रोतका अनुसार ती व्यक्ति र अन्य तीन जना स्काफोल्डिङमा काम गरिरहेका थिए। पीडितले स्काफोल्डिङलाई सार्न खोज्दा बाँसहित खसेका थिए।
एक पैदलयात्रीले बाँस लगायतका निर्माण सामग्री भुइँमा बजारिएको सुनेको बताए। पीडित पुरुष भने बाँससहित खसे पनि कंक्रिटको छाना (क्यानोपी)मा अल्झिएका थिए। तैपनि माथिबाट कंक्रिटमा बजारिन पुग्दा उनी बचेनन्। (एससीएमपी)
2.7k
Shares

प्रतिक्रिया