हङकङमा भोलि टी१ संकेत लागु हुन सक्ने

हङकङमा भोलि टी१ संकेत लागु हुन सक्ने

हङकङ अब्जर्भेटरीले सप्ताहन्तमा टी१ संकेत जारी गर्न सक्छ (एससीएमपी)


नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १७:१८, हङकङ

यिनक्सिङ आँधी भोलि (बिहीबार) राति वा शुक्रबार बिहान हङकङबाट ८०० किलोमिटरको दूरीभित्र प्रवेश गर्ने अब्जर्भेटरीले जनाएको छ। यो सँगै बिहीबार राति वा शुक्रबार बिहानसम्म स्ट्यान्डबाइ संकेत नम्बर १ जारी गर्ने तयारी अब्जर्भेटरीको छ।

अहिले यसको केन्द्रमा १४५ किलोमिटर प्रतिघण्टाका दरले हावाको वेग रहेको यो आँधी चाँडै नै ठूलो आँधीमा परिणत हुने अनुमान पूर्वानुमानकर्ताले गरेका छन्।

बुधबार बिहान १० बजे यो फिलिपिन्सको राजधानी मनिलाबाट ५६० किलोमिटर उत्तरपूर्वमा केन्द्रित थियो। अहिले लुजोन स्ट्रेटको पूर्वमा रहेको र लगभग १२ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिम सर्ने अनि क्रमशः तीव्र हुने अनुमान गरिएको हो।

अब्जर्भेटरीका अनुसार यो आँधी बिहीबारसम्ममा ठूलो टाइफुनमा विकसित हुन सक्छ। ‘यिनक्सिङ र पर्ल नदी मुहानबीचको दूरी, यसको तीव्रतामा परिवर्तन र स्थानीय हावाको अवस्था परिवर्तनको आधारमा स्ट्यान्डबाइ संकेत नम्बर १ जारी गर्ने आवश्यकताको मूल्यांकन गरिनेछ,’ अब्जर्भेटरीले भनेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .