हङकङको युनलङस्थित चुनयिन स्क्वायरमा रहेको साइकल पसलमा आगलागी भएको छ। केबल अत्यधिक तातेर आगो निस्केको आशंका गरिएको उक्त आगलागी सोमबार साँझ भएको हो।
सामाजिक सञ्जालमा पोस्ट गरिएको ३२ सेकेन्डको भिडिओमा पसलमा आगो लागिरहेको र उक्त पसलका मालिक आगो निभाउने प्रयासमा लागेको देखिन्छ।
उनको यो प्रयासका बाबजुद आगो तीव्र भयो र ठूलो विस्फोटको आवाज सुनियो।
आगोलाई प्रहरी र अग्निनियन्त्रकले नियन्त्त्रणमा लिएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा अत्यधिक तातो केबलका कारण आगलागी भएको देखिएको प्रहरीले बताएको छ।
घटनामा कुनै मानवीय क्षति नभएको द स्ट्यान्डर्डमा उल्लेख छ।
2.1k
Shares

प्रतिक्रिया