हङकङमा ‘फेरी’ दुर्घटना, ७८ जना घाइते

हङकङमा ‘फेरी’ दुर्घटना, ७८ जना घाइते

दुर्घटनामा ४४ जना सामान्य र ३४ जना अस्पताल भर्ना गर्नुपर्ने गरी घाइते भएका छन्


नेपालखबर
कात्तिक १६, २०८१ शुक्रबार १२:३५, हङकङ

शुक्रबार बिहान हङकङमा डुंगा दुर्घटना हुँदा ७८ जना घाइते भएका छन्। चुइ वाह फेरी सर्भिसद्वारा सञ्चालित उक्त डुंगा डकिङ गर्ने क्रममा सेन्ट्रल पियर नम्बर ९ मा दुर्घटनाग्रस्त भएको हो।

बिहान ७.३० बजे दुर्घटना भएको उक्त डुंगामा १२८ यात्रु र दुई चालक दलका सदस्यसहित १३० जना सवार थिए। जसमध्ये ४४ जनालाई सामान्य चोटपटक लागेको छ भने ३४ जनालाई अस्पताल भर्ना गर्नुपरेको छ।

दुर्घटनापश्चात् घटनास्थलमा पुगेका प्यारामेडिकहरूले केहीलाई त्यहीँ जाँच गरेका थिए। फेरीमा सवार केही यात्रुको घाँटीमा चोट लागेको छ।

फेरी दुर्घटनापछि पियर ९ अस्थायी रूपमा बन्द गरिएको थियो। घटनास्थल नजिकै धेरै संख्यामा फायर ट्रक र एम्बुलेन्सहरू पार्क गरिएको थियो।

उक्त डुंगा लम्मा टापु पावर स्टेसनको निर्माणस्थलमा सीएलपी पावरका ठेकेदारहरूलाई लैजानका लागि चार्टर्ड गरिएको थियो। सीएलपी पावरले घटनाप्रति चिन्ता व्यक्त गर्दै घाइतेहरूप्रति समवेदना प्रकट गरेको छ।

घटनाको विस्तृत कारणबारे समुद्री विभागले अनुसन्धान गर्नेछ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .