हङकङमा काम सकेर घर फर्कँदै गरेका जेल अधिकारीमाथि चक्कु प्रहार

हङकङमा काम सकेर घर फर्कँदै गरेका जेल अधिकारीमाथि चक्कु प्रहार

बस स्टपमा बस पर्खिरहेका अधिकारीमाथि चक्कु आक्रमण भएको हो (एससीएमपी)


नेपालखबर
कात्तिक १७, २०८१ शनिबार १४:४८, हङकङ

हङकङका एक जेल अधिकारीमाथि चक्कु प्रहार भएको छ। शुक्रबार काम सकेर घर फर्कँदै गरेको अवस्थामा तीन जनाले आक्रमण गरेका हुन्।

आक्रमणबाट ५० वर्षीय अधिकारीको टाउको, निधार र दाहिने कुहिनोमा चोट लागेको छ। सञ्चारमाध्यममा आएका घटनास्थलका तस्बिरमा आक्रमण भएको क्षेत्र रगताम्मे देखिन्छ। अधिकारीमाथि तीन जनाको समूहले आक्रमण गरेका थिए।

आक्रमणकारीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। यता सुधार सेवा विभागले घटनाको निन्दा गरेको छ।

‘शुक्रबार दिउँसो पिक युके जेलमा तैनाथ एक सहायक अधिकारीलाई काम सकेर बाहिर जाँदा चक्कु बोकेका आक्रमणकारीले आक्रमण गरे,’ विभागका प्रवक्ताले घटनापछि शुक्रबार भने, ‘घाइते कर्मचारीलाई अस्पताल लगिएको छ र उनको अवस्था स्थिर छ।’

विभागले थप भनेको छ, ‘विभाग घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दछ र अपराधीहरूको अराजक व्यवहारको कडा निन्दा गर्दछ।’

अधिकारी र उनको परिवारलाई विभागका कर्मचारीले सहयोग गरिरहेको पनि प्रवक्ताले बताएका छन्। एक आन्तरिक स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार पीडित अधिकारी साइकुङको कारागारमा काम सकेर घर हिँडेका उनी राति १२:४८ बजे मिनिबस स्टपमा बस पर्खिरहेका बेला सेतो कारबाट बाहिर निस्केका तीन व्यक्तिले आक्रमण गरेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .