हङकङमा रिसाहा यात्रुले बसको ढोका फोरेर भागे

हङकङमा रिसाहा यात्रुले बसको ढोका फोरेर भागे

आक्रोशित यात्रुले बसको ढोकामा क्षति पुर्‍याएका छन्


नेपालखबर
कात्तिक १२, २०८१ सोमबार ११:३५, हङकङ

हङकङको याउ मा तेईमा सोमबार बिहान एक आक्रोशित यात्रुले केएमबीको बसमा तोडफोड गरेका छन्।

पूर्वी चिमसा चोई र सनतिनबीचको रुटमा चल्ने उक्त बस ग्यास्कोइन रोडबाट क्वुनतङतर्फ जाँदै गर्दा बिहान करिब १ बजे उक्त घटना घटेको हो।

श्रम न्यायाधीकरण बस स्टपमा बस पुग्दा त्यहाँ चालकले कसैलाई देखेनन् र नरोकीकन अगाडि बढे। तर, त्यहाँबाट एक व्यक्ति बसको पछि दौडन थाले। बस जब क्विन एलिजाबेथ अस्पतालको विपरीततर्फ रहेको रातो बत्तीमा अडियो ती व्यक्ति लगभग १७० मिटर दौडेर बससमक्ष पुग्न सफल भए।

रातोमा बत्तीमा अडिएका चालकले सुरुमा ढोका खोल्न आनाकानी गरे। चढिसकेपछि उनले चालकलाई अपमानजनक व्यवहार गर्न थाले र बसबाट झर्ने माग गर्न थाले। जब चालकले ढोका खोले उनले आफ्नो पोर्टेबल फोन चार्जर अगाडिको ढोकातर्फ फ्याँके। तर, यो भुइँमा खसेर फुट्यो, ढोकामा लाग्न पाएन।

आक्रोशित यात्रुले सुरुमा प्रहार गरेको पोर्टेबल फोन चार्जर

फेरि उनले ढोकाको सिसालाई क्षति पुर्‍याउने उद्देश्यले चाबीले हान्न थाले। आक्रोशित यात्रुले सिसा फुटाउन थालेपछि भने चालकले प्रहरीलाई खबर गरेका थिए। यसपछि भने ती यात्रु त्यहाँबाट भागे। प्रहरीले सन्दिग्धको खोजी भइरहेको जनाएको छ। जसको उमेर ३० वर्षको हाराहारी रहेको बताइएको छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .