एक्सन एसिया इभेन्टको आयोजनामा शनिबार हङकङमा भएको एमएसआईजी ५० ट्रेल म्याराथनमा हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघकी धाविका दिलु लिम्बु महिलातर्फ प्रथम भएकी छन्। लिम्बुले हङकङ पिक-पार्कभ्यु-विल्सन ट्रेल-हङकङ ट्रेल अन्तरगतको ५० किलोमिटरको निर्धारित दूरी ६ घण्टा ३२ मिनेट ४१ सेकेन्डमा पूरा गरेकी थिइन्।
दौड क्षेत्रमा नवप्रवेशी लिम्बुले जित हात पार्न आफूले कडा मेहनत गरेको नेपालखबरलाई बताइन्। दौडमा चीनकी चिङविङ यी दोस्रो भएकी छिन्। उनले निर्धारित दूरी ६ घण्टा ३८ मिनेट ७ सेकेन्डमा पूरा गरेकी थिइन्। त्यस्तै, तेस्रो स्थान भने हङकङकै अर्की धाविकाले सुरक्षित गरिन्। तृतीय हुने हुङ होन्नाले ६ घण्टा ३८ मिनेट ५६ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन्। एक्सन एसिया इभेन्टको यस ५० किलोमिटर म्याराथनमा ५२ भन्दा बढी देशबाट ३ सय ६४ जना सहभागी भएका थिए।

त्यस्तै, पुरुषतर्फ बेलायती हेलन र्यानले निर्धारित ५० किलोमिटरको दूरी ४ घण्टा ५७ मिनेट २० सेकेन्डमा पार गरी प्रथम भएका थिए। दोस्रो हुनेमा फ्रान्सका पेलेटन जेरेमीले निर्धारित दूरी ५ घण्टा १५ मिनेट ५८ सेकेन्डमा पारे। तेस्रो स्थान भने हङकङका चिनियाँ धावक लेइ जुस्तोले सुरक्षित गरे। उनले निर्धारित दूरी ५ घण्टा १९ मिनेट २९ सेकेन्डमा पार गरेका थिए।
Shares

प्रतिक्रिया