हङकङमा कारोबार सुरु भएकै दिन चाइनाकेम समूहको ‘इको हाउस’का सबै फ्ल्याट बिक्री

हङकङमा कारोबार सुरु भएकै दिन चाइनाकेम समूहको ‘इको हाउस’का सबै फ्ल्याट बिक्री

चाइनाकेमको बिक्री कार्यालयमा आइतबार जम्मा भएका एजेन्ट तथा खरिदकर्ता (एससीएमपी)


नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १८:५, हङकङ

हङकङमा चाइनाकेम समूह र शहरी नवीकरण प्राधिकरणले आइतबार इको हाउसका सबै फ्ल्याट बेचेका छन्। धितो फाइनान्सिङमा सहजता र ब्याज दरहरूमा कटौतीपछि यो नयाँ परियोजनाले घर खरीददारहरूबाट राम्रो प्रतिक्रिया पाएको हो।

एजेन्टहरूका अनुसार बिहान ९ बजे बिक्री सुरु भएपछि चेङसा वान परियोजनाका सबै (१९८) एकाइहरू बिक्री भएका थिए।

हङकङ मौद्रिक प्राधिकरणले खरिद बिक्रीको नीति सहज बनाएपछि पछिल्ला हप्तामा घर खरिदबिक्री बढेको हो। प्राधिकरणले गत महिना ऋण अनुपातलाई सम्पत्तिको मूल्यको ७० प्रतिशतमा बढाएको थियो भने आवासीय तथा गैर-आवासीय सम्पत्तिको लागि ऋण-सेवा अनुपात ४० बाट बढाएर ५० प्रतिशतमा पुर्‍याएको थियो।

प्राधिकरणको पछिल्लो नीति र आजको करोबारले बजरलाई पुन: जीवित बनाएको सरोकारवालाको भनाइ छ।

‘यी सकारात्मक घटनाले बजारलाई पुन: जीवन्त बनाएको छ,’ मिडल्यान्ड रियल्टीको आवासीय डिभिजनका सीईओ स्यामी पोले भने।

विकासकर्ताहरूले नयाँ परियोजनाहरू लन्च गर्ने क्रममा यो महिना नयाँ घर बिक्री ३ हजार एकाइ पार हुने पोको अनुमान छ। यदि यसो भएमा यो अप्रिल यता सबैभन्दा धेरै हुनेछ। पुराना घरहरूको बिक्री पनि महिनामा करिब १५ प्रतिशतले बढेर ३ हजार ४ सयमा पुग्ने उनको आँकलन छ।

‘सम्पत्तिको मूल्य चौथो त्रैमासिकमा करिब ३ प्रतिशतले बढ्ने सम्भावना छ,’ पो भन्छन्। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .