आँधी ट्रामीका कारण फिलिपिन्समा दर्जनौँको मृत्यु, हङकङमा टी१ संकेत जारी गरिँदै

आँधी ट्रामीका कारण फिलिपिन्समा दर्जनौँको मृत्यु, हङकङमा टी१ संकेत जारी गरिँदै

फिलिपिन्सको अल्बे प्रान्तस्थित लिबोनमा ट्रामीबाट प्रभावित बासिन्दालाई घरबाट बाहिर निकालिँदै (एएफपी)


नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार ११:२९, काठमाडौँ

हङकङतर्फ नजिकिँदै गरेको गम्भीर उष्णकटिबन्धीय आँधी ट्रामीका कारण सहरमा स्ट्यान्डबाइ टाइफुन संकेत नम्बर १ जारी गर्ने तयारी अब्जर्भेटरीको छ।

ट्रामी आज रातिदेखि भोलि सम्ममा हङकङको ८ सय कलोमिटरको दूरीभित्र प्रवेश गर्ने अब्जर्भेटरीको अनुमान छ। यससँगै आज राति १० बजेदेखि भोलि बिहान ४ बजेको बीचमा टाइफुन संकेत नम्बर १ जारी गरिने अब्जर्भेटरीले जनाएको छ।

त्यस्तै, भोलि वा सप्ताहन्तमा बलियो हावा संकेत नम्बर ३ को आवश्यकता मूल्याङ्कन गरिने पनि अब्जर्भेटरी जनाएको छ।

बुधबार अपराह्न ४ बजेसम्म ट्रामी मनिलाबाट ३१० किलोमिटर उत्तरपूर्वमा अवस्थित थियो र लुजोनमा १८ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम-उत्तरपश्चिम सर्ने पूर्वानुमान गरिएको थियो।

पछिल्लो प्रक्षेपण अनुसार, यसले दक्षिण चीन सागरको मध्य र उत्तरी भागहरू पार गर्दै हाइनानतर्फ जाने अपेक्षा गरिएको छ, जहाँ यो बिस्तारै तीव्र हुन सक्छ।

‘ट्रामीको पछिल्लो आन्दोलन र तीव्रताको बारेमा अनिश्चितताहरू छन्। यो अर्को हप्ताको सुरुमा हेनान नजिकै रहन सक्छ,’ अब्जर्भेटरीको मौसम बुलेटिनमा भनिएको छ।

फिलिपिन्सको अल्बे प्रान्तस्थित लिबोनमा बाढीमा फसेका स्थानीयलाई उद्धार गरिँदै (एपी)

अर्कोतर्फ, फिलिपिन्समा भने ट्रामीले जनजीवन निकै प्रभावित पारेको छ। भारतीय मिडिया बिजनेस स्ट्यान्डर्डले भारतीय समयअनुसार आज बिहान सवा ९ बजे अपडेट गरेको समाचारमा आँधीका कारण बाढी र पहिरोमा परी २३ जनाको ज्यान गएको उल्लेख गरेको छ।

त्यस्तै, अलजजिराले १४ जनाको ज्यान गएको र हजारौँ विस्थापित भएको जनाएको छ। अधिकारीहरूलाई उद्धृत गर्दै अलजजिराले बतएअनुसार ट्रामी पूर्वी तटमा पुग्दा गाउँहरू डुबानमा परेका थिए। दशौँ हजार मानिस आफ्नो घर छोड्न बाध्य भए।

मुसलधारे वर्षाका कारण सडकहरू खोलामा परिणत भएका छन् भने सवारी साधनहरू र गाउँ डुबानमा परेका छन्। उत्तरी फिलिपिन्समा कम्तीमा ३२ हजार मानिस आफ्नो घर छोडेर भागेको जनाइएको छ।

अल्बे प्रान्तको पोलान्गुईमा घरमै बाढी पसेपछि सफा गर्दै एक युवती (एपी)

‘नागा सहरमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। परिस्थितिको विवरण संकलन भइरहेको छ, प्रहरी प्रमुख इर्विन रेबेलोनले फोनमा भने,’ अलजजिरामा उल्लेख छ

आँधीका कारण फिलिपिन्स सरकारले काम स्थगित गरेको छ। स्कुलहरू बन्द गरिएका छन्। राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले उद्धारकर्ताहरूलाई यसको आसन्न ल्यान्डफलको लागि तयार रहन निर्देशन दिएका छन्।

फिलिपिन्समा आँधीले निम्त्याएको विनास एएफपीका केही तस्बिरमा-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .