हङकङको एक अदालतले ६ जना प्रहरी अधिकृतलाई ४१ महिनासम्मको जेलसजाय सुनाएको छ।
एक घरवारविहीन मानिसलाई लागूऔषधको आरोपी बनाएर प्रमाण नष्ट गरेको घटनामा ती अधिकृतलाई उक्त सजाय सुनाइएको एससीएमपीले जनाएको छ।
यो चार वर्षअघि सन् २०२० फेब्रुअरी ४ मा शाम शुई पोको टङ चाउ स्ट्रिट पार्कमा भएको घटना हो।
हङकङको जिल्ला अदालतले बिहीबार चार पुरुष र दुई महिला अधिकृतलाई उक्त सजाय सुनाएको हो। उनीहरु ५ अभियोगमा दोषी पाइएका हुन्।
उक्त वर्ष पार्कमा लागूऔषधविरुद्धका दुई अपरेसनमा संलग्न ८ मध्ये ६ जना प्रहरी अधिकृत दोषी पाइएका हुन्। सो पार्कमा १०० जनाजति घरवारविहीन सुत्ने बस्ने गर्दै आएका छन्।
सजाय सुनाइएकामध्ये प्रहरी सर्जेन्ट ल्याम वा का र अधिकृतहरु मोक चि शिङ र वान पाक जेले घरवारविहीन ली भान मुओईलाई उनको पालमा कालो प्लास्टिक झोलाभित्र नार्कोटिक राखेर प्रमाण बनाएको आरोप थियो।
तर सेक्युरिटी फुटेजबाट भने प्रहरी आफैँले ती लागूऔषध राखेको भेटिएको थियो।
Shares

प्रतिक्रिया