हङकङमा अल्पसंख्यकलक्षित सामुदायिक फार्मेसी कार्यक्रम सुरु गरिने

हङकङमा अल्पसंख्यकलक्षित सामुदायिक फार्मेसी कार्यक्रम सुरु गरिने

किफायती औषधि प्राप्त गर्न मद्दत गर्ने उद्देश्यले सामुदायिक फार्मेसी कार्यक्रम सुरु गर्न लागिएको हो (फाइल तस्बिर/द स्ट्यान्डर्ड)


नेपालखबर
असोज ३०, २०८१ बुधबार १५:४९, हङकङ

हङकङ सरकारले प्राथमिक स्वास्थ्य सेवा बढाउने प्रयास स्वरुप जनताले किफायती औषधि प्राप्त गर्न मद्दत गर्ने उद्देश्यले सामुदायिक फार्मेसी कार्यक्रम सुरु गर्ने भएको छ।

बुधबारको नीति सम्बोधनका क्रममा सहरका प्रमुख कार्यकारी जोन लीले उक्त कुरा बताएका हुन्।

सरकारले प्राथमिक स्वास्थ्य सेवाको नियामक ढाँचालाई सुदृढ पार्न र गुणस्तर सुनिश्चितता एवं अनुगमन संयन्त्र स्थापना गर्न प्राथमिक स्वास्थ्य सेवा आयोगलाई अधिकार दिनको लागि कानुन निर्माण गर्ने लक्ष्य राखेको लीले बताए।

कार्यक्रममा बोल्दै प्रमुख लीले सामुदायिक औषधि सूत्रको विकास गरी सामुदायिक फार्मेसी कार्यक्रम सञ्चालन गर्ने र जनताका लागि उमेर र स्वास्थ्य अवस्थाअनुसार स्वास्थ्य व्यवस्थापन योजना तर्जुमा गर्न लाइफकोर्स फ्रेमवर्क अपनाउने बताए ।

उनका अनुसार अल्पसंख्यक (अन्डरप्रिभिलेज्ड)का लागि अस्पताल प्राधिकरण (एचए) को बहिरंग सेवा पनि प्राथमिक स्वास्थ्य सेवा प्रदायकको रूपमा राखिनेछ। ‘अन्डरप्रिभिलेज्ड’भित्र जातीय अल्पसंख्यक, आप्रवासी, अपाङ्गता भएका व्यक्ति, पृथक वृद्धवृद्धा र बालबालिका, सामान्य जनसंख्याको तुलनामा गरिबीमा रहेका, सामाजिक बहिष्करण, भेदभाव र हिंसाको उच्च जोखिम अनुभव गर्ने व्यक्तिहरूको समूह पर्दछन्।

साथै, सरकारले स्तन क्यान्सर परीक्षण तथा फोक्सोको क्यान्सर जाँचमा सहयोग गर्न एआई प्रयोगको खोजी र कलेजोको क्यान्सर रोक्न हेपाटाइटिस बी स्क्रिनिङ लागु गर्नेलगायतका जोखिममा आधारित स्क्रिनिङ कार्यक्रमहरू क्रमशः तर्जुमा गर्नेछ।

नीति सम्बोधनमा उल्लेख भएका स्वास्थ्य क्षेत्रका अन्य प्रयासमा मातृ तथा बाल स्वास्थ्य र परिवार नियोजन सेवामा परिमार्जन, जिल्ला स्वास्थ्य केन्द्र एक्सप्रेसहरूलाई जिल्ला स्वास्थ्य केन्द्रहरूमा स्तरोन्नति, महिला स्वास्थ्य केन्द्रहरू र वृद्ध स्वास्थ्य केन्द्रहरूको सेवा एकीकृत गर्ने आदि समावेश छन्।

यसैगरी, दाँतसम्बन्धी रोगको रोकथामलाई प्रोत्साहन गर्न किशोरकिशोरीका लागि प्राइमरी डेन्टल को-केयर पाइलट योजना सुरु गरिनेछ। यसका साथै, कम्युनिटी डेन्टल सपोर्ट कार्यक्रमलाई अल्पसंख्यक (अन्डरप्रिभिलेज्ड) समूहको डेन्टल सेवामा बढोत्तरी गरिनेछ। यसमा आर्थिक कठिनाइ भोगिरहेका वृद्धवृद्धा, प्रि-स्कूलका बालबालिकाकालाई समावेश हुनेछन्।

त्यस्तै, विद्यार्थीको शारीरिक र मनोवैज्ञानिक स्वास्थ्य सुधार गर्न प्रत्येक विद्यालयको लागि शारीरिक गतिविधि, खाना र अन्य मामिलालक्षित विद्यालय स्वास्थ्य कार्यक्रमलाई बलियो बनाइने सम्बोधनमा उल्लेख छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .