हङकङका सेवा निवृत्त अधिकारीहरूले प्रहरीमा पुनः भर्ती हुन पाउने भएका छन्।
प्रहरी बल प्रमुख रेमन्ड सिउका अनुसार फ्रन्टलाइन स्टाफको अभाव पूर्तिको नयाँ पहलअन्तर्गत सडक गस्ती र अन्य कामका लागि सेवानिवृत्तले आंशिक सेवा (पार्टटाइमर)को लागि प्रहरीमा पुनः भर्ती हुन सक्छन्।
जुनियर अफिसर्स एसोसिएसनको राष्ट्रिय दिवसका अवसरमा मंगलबार सिउले आंशिक समयका लागि पुनः सेवा प्रवेश खुला गरिएको बताएका हुन्।
‘यो योजनाले फ्रन्टलाइनर कर्मचारीको अभाव पूर्तिका साथै अनुभवी कर्मचारीबाट युवा कर्मचारीलाई सल्लाह दिने अवसर पनि प्रदान गर्नेछ,’ सिउको भनाइ छ, ‘जसबाट आफ्नो अमूल्य कार्य अनुभव अर्को पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्दछ।’
हङकङमा ‘पार्टटाइम पोस्ट–रिटायरमेन्ट सेवा’ योजना १२ सेप्टेम्बरमा पेस गरिएको थियो। अवकाश पाएको ३ वर्ष ननाघेका र आगामी मार्चअघि पूर्वअवकाश सुरु गर्ने प्रहरी जवानले आवेदन दिन सक्नेछन्। (एससीएमपी)
Shares

प्रतिक्रिया