हङकङमा आइतबारदेखि हराएका पदयात्री मृत भेटिए

हङकङमा आइतबारदेखि हराएका पदयात्री मृत भेटिए

आइतबारदेखि हराएका पदयात्री मंगलबार मृत फेला परेका हुन्


नेपालखबर
असोज २२, २०८१ मंगलबार १२:३८, हङकङ

हङकङको पोरलो शानमा हाइकिङका लागि गएका एक व्यक्ति दुई दिनपछि मृत भेटिएका छन्।

आइतबार घरबाट निस्किएर वेपत्ता भएका पदयात्री मंगलबार मृत फेला परेका छन्।

याउ उपनामका ६७ वर्षीय उनी हाइकिङका लागि आइतबार घरबाट निस्किएका थिए।

पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार उनी आइतबार (६ अक्टोबर) बिहान ९ बजे घरबाट निस्किएका थिए। तर, अबेरसम्म पनि घर नफर्केपछि उनकी श्रीमतीले राति १० बजे प्रहरीमा रिपोर्ट गरेकी थिइन्।

याउ पेसाले विक्रेता हुन्। उनी खाली समयमा बारम्बार पदयात्रा गर्ने गर्दथे।

आइतबार राति याउकी श्रीमतीले हराएको रिपोर्ट गरेपछि प्रहरी, फायर फाइटर र सिभिल एड सर्भिसले ड्रोन तथा कुकुरको सहायतामा खोजी कार्य अघि बढाएका थिए।

दुई दिनको खोजी कार्यपछि उद्धारकर्ताले आज बिहान करिब ५ बजे चिङताइ स्ट्रिममा मृत फेला पारेका हुन्। उनी दुई मिटर गहिरो खाडलमा खसेको अवस्थामा भेटिएका थिए।

याउको शवलाई सरकारी उडान सेवाको हेलिकप्टरले पहाड बाहिर निकालेको थियो। उनको पोस्टमार्टम हुन बाँकी रहेको र यसको रिपोर्टपछि मात्र मृत्युको कारणबारे भन्न सकिने प्रहरीले बताएको छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .