हङकङमा ६१ हजारले दिए मुख्यभूमिको ५ वर्षे बहुप्रवेश अनुमतिको आवेदन

गैरचिनियाँ बासिन्दाबीच धेरै लोकप्रिय : अधिकारी
हङकङमा ६१ हजारले दिए मुख्यभूमिको ५ वर्षे बहुप्रवेश अनुमतिको आवेदन

अनुमति पत्र प्राप्तले चेकपोइन्टहरूमा ‘सेल्फ सर्भिस क्लियरेन्स’को आनन्द लिन पाउँछन् (एससीएमपी)


नेपालखबर
असोज २१, २०८१ सोमबार १५:५१, हङकङ

मुख्यभूमि चीन प्रवेश गर्नको लागि नयाँ ५ वर्षको यात्रा अनुमतिका लागि गैरचिनियाँ हङकङवासीमा उत्साह देखिएको अधिकारीहरूले बताएका छन्।

अध्यागमन विभागका अनुसार पछिल्लो दुई महिनामा यस्तो आवेदन दिनेहरू २९ हजार देखिएका छन् भने त्यसअघि जुलाईसम्म ३२ हजारले आवेदन दिएका थिए। दुईलाई जोड्दा आवेदनको कुल संख्या हालसम्म ६१ हजार हुन आउँछ। यस्तो अनुमतिका लागि जुनमा आवेदन खोलिएको थियो।

विभागले आइतबार बताएअनुसार ३० सेप्टेम्बरसम्ममा मुख्यभूमिको पाँच वर्षे बहु–प्रवेश यात्रा अनुमति चाहने स्थायी बासिन्दाबाट ६१ हजारभन्दा बढी आवेदन प्राप्त भएका छन्।

यो कार्यक्रम गैरचिनियाँ हङकङवासीबीच निकै लोकप्रिय देखिएको पनि अधिकारीहरूले बताएका छन्।

‘१० जुलाईमा सुरु भएदेखि यो कार्यक्रम सहरका गैरचिनियाँ बासिन्दाबीच निकै लोकप्रिय भएको छ,’ अध्यागमन निर्देशक बेन्सन क्वोक भन्छन्।

नयाँ इजाजतपत्रले हङकङ र मकाउमा स्थायी बसोबास भएका गैरचिनियाँ नागरिकलाई आफन्त भेटघाट, पर्यटन, व्यापार, सेमिनार र आदानप्रदान जस्ता उद्देश्यका लागि प्रत्येक बसाइमा ९० दिन नकट्ने गरी ५ वर्षसम्म धेरै पटक मुख्यभूमि प्रवेशको अनुमति दिन्छ। यस्तो अनुमति पत्र प्राप्तले चेकपोइन्टहरूमा ‘सेल्फ सर्भिस क्लियरेन्स’को आनन्द लिन पाउँछन्।

यसअघि विदेशी राहदानी भएका सहरका अधिकांश स्थायी बासिन्दाले मुख्यभूमि भ्रमणका लागि छुट्टै भिसाको आवेदन दिनुपथ्र्यो।

१० जुलाईबाट आवेदन खुला गरिएको यस कार्यक्रमअन्तर्गत अनुमति पत्र प्राप्त गर्ने पहिलो व्यक्ति सिंगापुर चेम्बर अफ कमर्सका उपाध्यक्ष बासिल ह्वाङ बनेका छन्। उनले अगस्टमा अनुमति पत्र प्राप्त गरेका थिए। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .