सुपर टाइफुन क्राथन हङकङ नजिक, यस्तो छ खतराको सम्भावना

सुपर टाइफुन क्राथन हङकङ नजिक, यस्तो छ खतराको सम्भावना

टाइफुन क्राथनको हङकङमा उच्च खतरा नरहेको अब्जर्भेटरीले जनाएको छ (एससीएमपी)


नेपालखबर
असोज १४, २०८१ सोमबार १८:१२, हङकङ

सुपर टाइफुन क्राथन यतिखेर हङकङको नजिक छ। अब्जर्भेटरीले सोमबार दिउँसो बताएअनुसार क्राथन सहरको ८ सय किलोमिटरभित्र प्रवेश गरेको थियो।

त्यस्तै, अब्जर्भेटरीको साँझ ७ बजेको अद्यावधिक बुलेटिनमा यसले बुधबार लुजोन क्षेत्र पार गरेर दक्षिण चीन सागरको उत्तरपूर्वी भागमा प्रवेश गर्ने र ताइवानको दक्षिणी भागमा पुग्ने अनुमान गरिएको छ। यसपछि हङकङबाट ५ सय किलोमिटरको दूरी कायम गर्दै ताइवान सर्नेछ।

‘यसको हङकङमा प्रत्यक्ष खतराको सम्भावना छैन। तर, बाहिरी हावाको प्रभावले आज र भोलि दक्षिणी चीनमा मौसम निकै तातो हुनेछ,’ बुलेटिनमा भनिएको छ।

उत्तरपूर्वी मनसुन भोलि ग्वान्दोङ पुग्ने अनुमान अब्जर्भेटरीको छ। उत्तरतर्फबाट आएको हावाले बुधबार र बिहीबार यस क्षेत्रमा हावाहुरी चल्नेछ।
‘स्थानीय वायुको परिवर्तनको आधारमा अब्जर्भेटरीले कडा मनसुन संकेत जारी गर्नेछ, बुलेटिनमा भनिएको छ, ‘मनसुनको प्रभावले यो साताको मध्य र उत्तरार्धमा स्थानीय मौसम सामान्यतया सफा र सुख्खा रहनेछ।’

यो अवधिमा बिहान र राति केही चिसो हुने तथा सहरी क्षेत्रको न्यूनतम तापक्रम २२ डिग्रीको हाराहारीमा रहने जनाइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .