हङकङमा राष्ट्रिय दिवस : ३ दिन निःशुल्क ‘फेरी’ चढ्न पाइने

हङकङमा राष्ट्रिय दिवस : ३ दिन निःशुल्क ‘फेरी’ चढ्न पाइने

हङकङमा सोमबारदेखि बुधबारसम्म स्टार फेरीको यात्रा निःशुल्क छ (फाइल तस्बिर/द स्ट्यान्डर्ड)


नेपालखबर
असोज १४, २०८१ सोमबार १६:४६, हङकङ

हङकङमा यातायातको प्रतिष्ठित साधन ‘स्टार फेरी’ले राष्ट्रिय दिवसको उत्सवका अवसरमा ३ दिन निःशुल्क सेवा दिएको छ।

हङकङ चाइनिज इन्टरप्राइजेज एसोसिएसनद्वारा प्रायोजित यस निःशुल्क सेवाको मजा आज (३० सेप्टेम्बर) देखि २ अक्टोबरसम्म लिन पाइनेछ। सेन्ट्रलबाट चिमसा चोइ होस् वा वानचाइ यी तीन दिन निःशुल्क फेरी चढ्न पाइनेछ।

आज बिहान उद्घाटन समारोहमा बोल्दै सरकारका मुख्य सचिव एरिक चानले राष्ट्रिय दिवसको बिदामा जनतालाई छुट दिन सरकारले विभिन्न क्षेत्रसँग सहकार्य गरेको बताए।

‘हङकङमा अहिले १४ सय सूचीबद्ध कम्पनीसहित मुख्यभूमिमा आधारित २१ सयभन्दा बढी कम्पनी छन्,’ कार्यक्रममा बोल्दै सचिवले चानले भने, ‘यसले हङकङमा चिनियाँ लगानीमा सञ्चालित उद्यामहरूको बलियो उपस्थितिलाई प्रतिबिम्बित गर्दछ।’

यसले हङकङ मुख्यभूमिका उद्यमहरूको विकासका लागि आवश्यक मञ्च हो भन्ने संकेत गरेको चान बताउँछन्। (एजेन्सी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .