सुपर टाइफुन क्राथनका कारण बुधबार (२ अक्टोबर)का लागि तय भएका हङकङ-ताइवानका दुई उडान रद्द गरिएको हङकङ एयरलाइन्सले जनाएको छ।
हङकङबाट ताइवानको ताइपेईका लागि तय भएको उडान एचएक्स२८४ र ताइपेईबाट हङकङ फर्कने उडान एचएक्स२८५ रद्द गरिएको हो।
प्रभावित दुवै उडानका टिकटहरूको पुनः बुकिङ, पुनः जारी वा फिर्ता गर्दा कुनै पनि शुल्क नलाग्ने एयरलाइन्सले जानकारी गराएको छ।
हङकङ अब्जर्भेटरीको पछिल्लो पूर्वानुमान अनुसार क्राथनले आज विस्तारै उत्तरतर्फ सर्दै दक्षिण चीन सागरको उत्तरपूर्वी भागमा पुग्नेछ।
त्यस्तै, टाइफुन बुधबार ताइवानको दक्षिणी भागमा ल्यान्डफल गर्नेछ र हङकङबाट ५ सय किलोमिटरको दूरी कायम गर्दै ताइवान पार गर्नेछ। ल्यान्डफल भन्नाले पानीमाथिको तीव्र हावा जमिनमाथि सर्ने घटनालाई बुझिन्छ।
हङकङमा टाइफुन क्राथनको प्रत्यक्ष खतरा नरहेको अब्जर्भेटरीले जनाएको छ।
33
Shares
प्रतिक्रिया