हङकङ विमानस्थलको तेस्रो धावनमार्ग सञ्चालन तयारी

‘थ्रि रनवे सिस्टम’ ले उडानमा दोब्बर वृद्धि गर्ने अपेक्षा
हङकङ विमानस्थलको तेस्रो धावनमार्ग सञ्चालन तयारी

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणाधीन धावनमार्ग


नेपालखबर
असोज १४, २०८१ सोमबार १२:२५, काठमाडौँ

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आठ वर्षअघि सुरु भएको तेस्रो धावनमार्गको काम गत नोभेम्बरमा सम्पन्न गरी नयाँ उत्तरी धावनमार्गको निर्माण सुरु गरिएको थियो। यही बीचमा मूल उत्तरी धावनमार्ग पुनःनिर्माणका लागि बन्द गरिएको थियो।

हङकङ डलर १ खर्ब ४० अर्ब बढी लगातको यो तीन धावनमार्ग प्रणाली (थ्रि रनवे सिस्टम) आगामी नोभेम्बर २८ बाट सञ्चालनको तयारी रहेको स्रोतलाई उल्लेख गर्दै द स्ट्यान्डर्डले जनाएको छ।

यी धावनमार्ग सञ्चालनमा आएपछि प्रतिघण्टा १०२ आवागमनको क्षमता हुनेछ। हालको ६८ आवागमनको यो झन्डै दोब्बर हो।

तीन धावनमार्ग प्रणालीको विस्तारलाई सहयोग गर्न निर्माण गरिएको टर्मिनल २ पनि यात्रु संख्याको आधारमा खोलिनेछ। टर्मिनल १ को वर्तमान क्षमता तीन धावनमार्ग प्रणालीको उद्घाटनका लागि पर्याप्त रहेको बताइएको छ।

कोभिड–१९ महामारीपछि उडान आवागमनमा क्रमिक सुधार हुँदै गएको र पछिल्लो प्रणालीले यसमा सुधार हुने आशा गरिएको अधिकारीहरू बताउँछन्।

नागरिक उड्डयन विभागको तथ्यांकले यो वर्षको पहिलो आठ महिनामा २ लाख ३७ हजारभन्दा बढी उडान भएको देखाउँछ। जुन, सन् २०१९ को सोही अवधिको तुलनामा १७ प्रतिशतले कम हो।

सांसद रक चेन चुङ, जो एयरपोर्ट प्राधिकरणका बोर्ड सदस्य पनि हुन्, उनी भन्छन्, ‘विमानस्थलले हाल चरम अवधिको अनुभव गरिरहेको छ। उडान आवागमन क्षमताको ९० प्रतिशत पुगेको छ।’

सबै क्षेत्रलाई चलायमान बनाउन तीन धावनमार्ग प्रणालीलाई सक्रिय गर्न जरुरी रहेकोमा उनले जोड दिए।

प्रणाली एक पटक सुचारु भएपछि वान बेल्ट, वान रोड इनिसियटिभ र मध्यपूर्वमा रहेका देशसहित थप यात्रा गन्तव्य प्रस्तुत गरिनुपर्ने उनले बताए।

नयाँ धावन मार्ग प्रयोग गर्न एयरलाइन्सहरूलाई आकर्षित गर्न आर्थिक प्रोत्साहनको प्रस्ताव गर्न पनि उनी सुझाव दिन्छन्। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .