हङकङ : समस्या देखिएपछि क्याथेका जहाज ग्राउन्डेड, ४८ उडान रद्द

हङकङ : समस्या देखिएपछि क्याथेका जहाज ग्राउन्डेड, ४८ उडान रद्द

इन्जिन कम्पोनेन्ट फेल भएपछि क्याथेका जहाज ग्राउन्ड भएका छन् (एससीएमपी)


नेपालखबर
भदौ १८, २०८१ मंगलबार १५:३, हङकङ

एउटा विमानको इन्जिन कम्पोनन्ट फेल भएको पत्ता लागेपछि हङकङको क्याथे प्यासिफिकले आफ्ना सबै एयरबस ए३५० जेटको निरीक्षण थालेको छ।

जसका कारण बुधबारका लागि निर्धारित २० सहित ४८ उडान रद्द भएका छन्।

भोलिका लागि रद्द गरिएका यी उडान सबै क्षेत्रीय भएको र लामो दूरीका उडानमा प्रभाव नपर्ने समेत कम्पनीले जानकारी गराएको छ।

सोमबार बिहान जुरिच बाउन्ड सीएक्स३८३ हङकङ फर्केपछि इन्जिन कम्पोनेन्ट विफलता पहिचान भएको थियो।

यसपछि सबै जहाजको जाँच गरिएको हो। यसै क्रममा कम्पोनेन्ट प्रतिस्थापन आवश्यक पर्ने १५ जहाज भेटिएका र यीमध्ये ३ वटाको सफलतापूर्वक मर्मत कार्य सकिएको कम्पनीले जनाएको छ।

जहाजहरू ग्राउन्ड भएपछि बिहीबारदेखि शनिबारसम्मका उडानका बारेमा थप अपडेट दिइने कम्पनीले जानकारी गराएको छ।

ए३५० विमानको इन्जिन बेलायतस्थित रोल्स रोयसले निर्माण गरेको हो।

‘संसारभरि कुनै पनि ए३५० विमानमा यस प्रकारको कम्पोनेन्ट असफलता सामना गर्ने यो पहिलो घटना हो,’ एयरलाइन्सले भनेको छ, ‘यो मुद्दालाई हामीले विमान र इन्जिन निर्माता तथा हाम्रा नियामकहरूसमक्ष पुर्‍याइसकेका छौँ।’

एउटामा समस्या देखिएपछि आफ्ना ए३५० का ४८ वटै विमानको फ्लिट-वाइड निरीक्षण प्रक्रिया पनि सुरु भइसकेको क्याथेले बताएको छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .