चक्रवात यागी हङकङतर्फ नजिकिँदै, बेलुका टी१ संकेत जारी हुने

चक्रवात यागी हङकङतर्फ नजिकिँदै, बेलुका टी१ संकेत जारी हुने

मंगलबार बेलुका टी१ संकेत जारी गर्ने अब्जर्भेटरीको तयारी छ (फाइल तस्बिर : एससीएमपी)


नेपालखबर
भदौ १८, २०८१ मंगलबार १०:५१, हङकङ

हङकङ अब्जर्भेटरीले मंगलबार बेलुका ५ देखि ८ बजेको बीचमा टाइफुन नम्बर १ संकेत जारी गरिने जनाएको छ।

उष्णकटिबन्धीय चक्रवात यागी हङकङतर्फ अघि बढिरहेको र हाल यो सहरदेखि ६ सय किलोमिटरको दूरीमा रहेको जनाइएको छ।

‘वर्तमान पूर्वानुमान अनुसार उष्णकटिबन्धीय चक्रवात यागीले हङकङबाट ६ सय किलोमिटरभन्दा बढीको दूरी कायम गर्नेछ,’ बिहान साढे ९ बजेको बुलेटिनमा अब्जर्भेटरीले भनेको छ, ‘दिउँसोको समयमा भने यसले सहरमा प्रत्यक्ष प्रभाव पार्ने छैन।’

मंगलबारको मौसम सामान्यतया सफा र गर्मी रहने अब्जर्भेटरीले जनाएको छ। साथै केही स्थानमा हावाहुरीसहित वर्षा समेत हुनेछ। बुधबार पनि केही स्थानमा मेघगर्जनसहित वर्षा हुने मौसमविद् जनाएका छन्।

आज हङकङमा न्यूनतम २८ देखि अधिकतम ३४ डिग्री सेल्सियससम्म तापक्रम रहनेछ। दिउँसो १२ः४० को अब्जर्भेटरीको अपडेटमा सहरको तापक्रम ३१.७ डिग्री सेल्सियस रहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .