हङकङमा जारी टी१ संकेत भोलि दिउँसोसम्म रहने, बुधबार टी३ लागु हुन सक्ने

हङकङमा जारी टी१ संकेत भोलि दिउँसोसम्म रहने, बुधबार टी३ लागु हुन सक्ने

पूर्वानुमानकर्ताका अनुसार यागी भोलि बिहानसम्म हङकङबाट ४ सय किमी दूरीमा आइपुग्नेछ (फाइल तस्बिर : एससीएमपी)


नेपालखबर
भदौ १८, २०८१ मंगलबार १७:४, हङकङ

हङकङ अब्जर्भेटरीले मंगलबार साँझ ५:४० बजे १ नम्बर टाइफुन चेतावनी संकेत जारी गरेको छ।

चक्रवात यागी हङकङको ८ सय किलोमिटरभित्र रहेको बताउँदै अब्जर्भेटरीले १ नम्बर चेतावनी जारी गरेको हो।

उष्णकटिबन्धीय चक्रवात यागी करिब १० किलोमिटर प्रतिघण्टाको दरले उत्तरपश्चिम सर्ने पूर्वानुमानसहित अद्यावधिक बुलेटिनमा साँझ ६ बजे हङकङको ६३० किलोमिटरभित्र आँधी आइपुग्ने बताइएको थियो।

आँधी यागी क्रमशः सहरको नजिक आइपुगेकोले १ नम्बर संकेत जारी गरिएको र यो अझै नजिक आइपुग्न सक्ने भन्दै बुधबार टी३ जारी हुन सक्ने समेत बुलेटिनमा उल्लेख छ।

‘हालको पूर्वानुमान ट्र्याक अनुसार यागीले आज राति र भोलि बिहान हङकङबाट करिब ४ सय किलोमिटरको दूरी कायम गर्नेछ,’ साँझ ६:४५ मा अद्यावधिक गरिएको बुलेटिनमा भनिएको छ, ‘तीव्र हावाले अझै पर्ल नदी वरपरको क्षेत्रमा असर गरिहेको छैन। स्ट्यान्डबाइ सिग्नल नम्बर १ कम्तीमा भोलि दिउँसोसम्म लागु रहनेछ।’

यो संकेत बुधबार टी३ मा अपग्रेड हुनेबारे बुलेटिनमा भनिएको छ, ‘यागी विस्तारै दक्षिणी चिनको तटनजिक पुग्दा यस क्षेत्रमा हावा बलियो हुनेछ। अब्जर्भेटरीले भोलि नम्बर ३ संकेत जारी गर्नेबारे विचार गर्नेछ।’

चेतावनी संकेत अपग्रेड सम्बन्धमा यागीको तीव्रताको पछिल्लो दर र पर्ल नदी मुहानबाट यससँग सम्बन्धित आँधीको दूरीले निर्धारण गर्ने समेत अब्जर्भेटरीले जनाएको छ।

चेतावनी संकेत जारी गरिएको समयमा सतर्कता अपनाउनुपर्नेबारे अब्जर्भेटरीले विभिन्न बुँदा जारी गरेको छ। जसमध्ये एउटा बुँदामा ग्वान्दोङ, मकाउ, बाहिरी टापु तथा हङकङका दुर्गम भागमा भ्रमण गर्ने योजनामा रहेकाहरूलाई पुनर्विचार गर्न वा सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .