आज दिउँसो हङकङ ओर्लँदै चिनियाँ ओलम्पियन टोली

आज दिउँसो हङकङ ओर्लँदै चिनियाँ ओलम्पियन टोली

ओलम्पियनको टोलीमा ६५ जना राष्ट्रिय एथलिट रहनेछन् (द स्ट्यान्डर्ड)


नेपालखबर
भदौ १२, २०८१ बुधबार ११:४९, हङकङ

पेरिस ओलम्पिकमा भाग लिएका राष्ट्रिय टोलीका खेलाडी बिहीबार दिउँसो हङकङ ओर्लनेछन्।

उनीहरू दिउँसो करिब ३ बजे हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने तालिका रहेको स्थानीय मिडियाले जनाएका छन्।

आजबाट हङकङको तीन दिने भ्रमण गर्ने उनीहरू चिमसा चोइस्थित इन्टरकन्टिनेन्टल ग्रान्ड स्ट्यानफोर्ड होटलमा बस्नेछन्। दिउँसो नै त्यहीँ पत्रकार सम्मेलन गर्ने कार्यतालिका पनि रहेको छ।

स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख भएअनुसार टोलीलाई विभिन्न समूहमा विभाजन गरी शुक्रबार सातिनस्थित हङकङ खेलकुद संस्थान, हङकङ टापुमा रहेको माध्यमिक विद्यालय, चेङ क्वान ओमा रहेको फायर एन्ड एम्बुलेन्स सेवा एकेडेमी आदि स्थानमा भ्रमण गराइनेछ।

शनिबार बिहान भने क्विन एलिजाबेथ स्टेडियम र भिक्टोरिया पार्क स्विमिङ पुलमा दुई प्रदर्शन हुनेछन्।

गाला शो र दुई प्रदर्शनका लागि टिकट पहिले नै बिक्री भइसकेका छन्।

ओलम्पियनको टोलीमा ६५ जना राष्ट्रिय एथलिट रहनेछन्, जसमध्ये अधिकांश स्वर्ण पदक विजेता हुन्।

टोलीमा डाइभिङ जोडी क्वान होङचान र चेन युक्सी, महिला सिङ्क्रोनाइज्ड १० मिटर प्लेटफर्मका विजेता, टेबल टेनिस च्याम्पियनहरू मा लङ, फ्यान झेन्दोङ र सुन यिङ्साका साथै पेरिसमा ६ वटा पदक जितेका पौडीबाज झाङ युफी आदि छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .