हङकङ : ड्युटीमा रहेका संरक्षण विभागका कर्मचारीको किराले टोकेर मृत्यु

हङकङ : ड्युटीमा रहेका संरक्षण विभागका कर्मचारीको किराले टोकेर मृत्यु

घटनाको समयमा पीडित कर्मचारी दुई सहकर्मीसँगै ताइमो सानमा ड्युटीमा थिए (एससीएमपी)


नेपालखबर
भदौ १२, २०८१ बुधबार १४:५७, हङकङ

हङकङमा कृषि, मत्स्यपालन तथा संरक्षण विभागका कर्मचारीको किराले टोकेर मृत्यु भएको छ।

बुधबार दुई सहकर्मीका साथमा ड्युटी गरिरहेका उनले सहकर्मीसँग किराले टोकेको बताएपछि प्रहरीको सहयोगमा अस्पताल भर्ना गरिएको थियो।

४६ वर्षीय पीडितले बिहान ११ बजे किराले टोकेको बताएपछि सहकर्मीहरूले घटनाबारे प्रहरीलाई खबर गरेका थिए। पीडितको पहिचान गोप्य राखिएको छ।

६३ वर्षीय पुरुष र २५ वर्षीया महिला सहकर्मीसँगै ताइमो सान कन्ट्री पार्कमा ड्युटीमा रहेका बेला उक्त घटना घटेको हो।

प्रहरीकाअनुसार मोतुङ लाम क्षेत्रमा रहेको बेला केहीले टोकेको अनुभव आफूलाई भएको उनले सहकर्मीलाई बताएका थिए।

प्रहरी प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा लेखिएको छ– पीडितलाई हेलिकप्टरमार्फत चाइवानस्थित पामेला युड नेदरसोल पूर्वी अस्पताल लगिएको थियो। जहाँ उनलाई दिउँसो २ बजे मृत घोषित गरियो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .