हङकङ : निर्माणस्थलमा स्काभेटरको ठक्करबाट एक जनाको मृत्यु

हङकङ : निर्माणस्थलमा स्काभेटरको ठक्करबाट एक जनाको मृत्यु

स्काभेटरको ठक्करबाट निर्माणस्थलका कामदारको मृत्यु भएको हो (द स्ट्यान्डर्ड)


नेपालखबर
साउन १०, २०८१ बिहिबार १०:५१, हङकङ

हङकङको एक निर्माणस्थलमा स्काभेटरको ठक्करबाट डम्प ट्रक चालकको मृत्यु भएको छ।

बिहीबार बिहान करिब ९ बजे क्वाइचुङको लाइकङ स्ट्रिटमा रहेको निर्माणस्थलमा उक्त दुर्घटना भएको हो।

स्रोतलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएअनुसार चालक आफ्नो ट्रकको पछाडि उभिइरहेका बेला स्काभेटरले ठक्कर दिएको थियो।

स्काभेटर र डम्प ट्रकको बीचमा टाउको ठोकिएपछि उनी बेहोस भएर ढलेका थिए।

उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .