क्याथेका जुनियर पाइलट अल्कोहल परीक्षणमा फेल भएपछि सिड्नी–हङकङ उडान २७ घण्टा ढिलो

क्याथेका जुनियर पाइलट अल्कोहल परीक्षणमा फेल भएपछि सिड्नी–हङकङ उडान २७ घण्टा ढिलो

जुनियर पाइलट निलम्बनमा परेपछि क्याथेको उडान २७ घण्टा ढिलो भएको थियो (फाइल तस्बिर)


नेपालखबर
साउन १०, २०८१ बिहिबार १६:३२, हङकङ

जुनियर पाइलट अल्कोहल श्वास परीक्षणमा फेल भएपछि सिड्नी (अस्ट्रेलिया)बाट हङकङ आउने क्याथे प्यासिफिकको उडान २७ घण्टा ढिलो हुन पुगेको छ।

एअरलाइन्सले प्रि-डिपार्चर अल्कोहल श्वास परीक्षणमा असफल भएको आरोपमा उनलाई निलम्बन गरेको थियो।

उडान सीएक्स११० स्थानीय समयअनुसार बुधबार बिहान ७:३५ मा सिड्नीबाट हङकङका लागि प्रस्थान गर्ने तालिका थियो। तर, जुनियर पाइलट मदिरालगायत अन्य नियम पालना गर्न असफल भएपछि निलम्बनमा परे।

एअरलाइन्सले पर्याप्त टोलीविना उडान नभरेपछि भोलिपल्ट बिहान १०:५१ बजेसम्म रोकिएको थियो। ‘सेकेन्डमेन्ट अफिसर’ को प्रतिस्थापनपछि उडान गरिएको थियो। सिड्नी-हङकङ साढे ९ घण्टाको उडान हो।

हङकङका स्थानीय मिडियामा बुधबार नै उडान ढिलाइ र यसको कारणबारे समाचार आइसकेका थिए। क्याथेले भने बिहीबार यसको पुष्टि गरेको छ।

‘क्याथे प्यासिफिक रिपोर्टहरूबारे सचेत छ र हामी सम्बन्धित अधिकारीसँग सम्पर्कमै छौँ,’ साउथ चाइना मर्निङ पोस्टले क्याथेका प्रवक्तासँगको वार्तालापबारे लेखेको छ, ‘दोस्रो अफिसरलाई छानबिनको लागि तत्काल उडान कर्तव्यबाट निलम्बन गरिएको छ।’

‘सुरक्षा हाम्रो ओभरराइडिङ प्राथमिकता हो’ प्रवक्ताको थप कथन छ, ‘अल्कोहल र अन्य ड्रग्स नीतिको पालना सम्बन्धमा एअरलाइन्सले शून्य सहनशीलताको नीति अख्तियार गरेको छ।’

क्याथेको नीतिअनुसार पाइलटका लागि रगतमा अल्कोहलको सीमा ०.०२ प्रतिशत हो।

एअरलाइन्सले विज्ञप्तिमार्फत यस घटनाबाट पर्न गएको असुविधाका लागि क्षमा मागेको छ।

‘प्रभावित ग्राहकलाई जतिसक्दो चाँडो सिड्नी छोड्ने वैकल्पिक उडानहरूमा सुरक्षित गरियो,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी कुनै पनि असुविधाका लागि इमान्दारीपूर्वक क्षमा चाहन्छौँ।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .