हङकङकी मोडलको बैंककमा हत्या, प्रेमी पक्राउ

हङकङकी मोडलको बैंककमा हत्या, प्रेमी पक्राउ

सीसीटीभी फुटेजमा पीडित युवती साँझ साढे ५ बजे अपार्टमेन्ट बाहिर कुकुर डुलाउँदै गरेको अवस्थामा देखिएकी छन् (ह्यान्डआउट)


नेपालखबर
साउन ९, २०८१ बुधबार १२:१६, हङकङ

हङकङकी २४ वर्षीया युवती बैंककस्थित आफ्नै निवासमा मृत फेला परेकी छन्।

मृत युवती युरेसियन मोडल ग्वेन्डोलिन क्रेटन रहेको र उनीसँग हङकङको परिचय पत्रका साथै स्विजरल्यान्डको राहदानी भएको थाइल्यान्डका मिडियाहरूले उल्लेख गरेका छन्।

घटना गत बिहीबार रातिको हो। बैंकको प्रावेत जिल्लामा रहेको अपार्टमेन्टमा पीडितमाथि धारिलो हतियार प्रयोग भएको हो। घाँटी तथा शरीरका अन्य भागमा चक्कुले हानिएका ९ वटा घाउ देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

सुरुमा डिप्रेसनका कारण युवतीले आत्महत्या गरेको भनेर सञ्चारमाध्यमहरूमा आए पनि, हत्या गरिएको निष्कर्षमा प्रहरी पुगेको हो।

यसै क्रममा प्रहरीले वाइ नामका व्यक्तिलाई पक्राउ गरेको छ। उनी मृतक युवतीको प्रेमी भएको आशंका गरिएको छ।

सीसीटीभीमा कैद भएको दृश्यमा वाइसहित अन्य दुई जना पीडित युवतीको अपार्टमेन्टबाट बाहिर निस्केको देखिएको छ। साथै, वाइको पहेँलो कार अपार्टमेन्ट वरिपरि घुमिरहेको पनि फुटेजमा कैद छ।

सीसीटीभीकै दृश्यमा पीडित युवती साँझ साढे ५ बजे अपार्टमेन्ट बाहिर कुकुर डुलाउँदै गरेको अवस्थामा पनि देखिएकी छन्।

हङकङ अध्यागमन विभागले यस सम्बन्धमा विभागले सहयोगको लागि कुनै अनुरोध प्राप्त नगरेको बताएको छ।

साथै, चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालय र थाइल्यान्डस्थित चिनियाँ दूतावासलाई घटनाक्रमको निगरानी गर्न अनुरोध गरिएको विभागलाई उद्र्धत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .