हङकङमा अनुदानित आवास : युवालाई कति उपयुक्त? यस्ता छन् विज्ञका सुझाव

हङकङमा अनुदानित आवास : युवालाई कति उपयुक्त? यस्ता छन् विज्ञका सुझाव

सार्वजनिक आवासको पछि लागेर क्षमता सीमित गर्दा भविष्यमा पछुताउनुपर्ने प्रमुख कार्यकारी ली बताउँछन् (एससीएमपी)


नेपालखबर
साउन १, २०८१ मंगलबार १८:४४, हङकङ

हङकङका युवाले सार्वजनिक आवास होइन, आफ्नो सपना पछ्याउनुपर्ने प्रमुख कार्यकारी जोन लीले बताएका छन्।

अनुदानित फ्ल्याटप्रति बासिन्दाको चासोतर्फ औँल्याउँदै प्रमुख लीले अनुदानतिर होइन, आफ्नो दक्षता विस्तारमा केन्द्रित हुन युवालाई सुझाव दिएका हुन्।

मंगलबार एक कार्यक्रममा बोल्दै प्रमुख लीले सार्वजनिक आवासमा ध्यान केन्द्रित गरेर आफ्नो क्षमता विकासमा असर नपुर्‍याउन आग्रह गरेका हुन्। युवाहरूमा सब्सिडी घरबाट पाउने भन्दा धेरै सम्भावना रहेको हुँदा सीमित प्राप्तिको लागि अवसरहरू नगुमाउन उनले सम्झाए।

‘कडा परिश्रम गरेर हासिल गरेको नतिजा कल्पना गरेको भन्दा राम्रो हुन्छ,’ लीले भने, ‘राम्रो आम्दानीको लागि कडा परिश्रम गर्नुको सट्टा केही युवाले जानाजानी आफ्नो आम्दानीलाई अनुदानित सार्वजनिक आवासको योग्यता मापदण्ड पूरा गर्न समायोजनतर्फ लागे, यो अनुपयुक्त हो।’

सब्सिडीयुक्त घरको पछि लागेर आफ्नो वृत्तिविकासमा असर पुर्‍याउँदा भोलिका दिनमा युवाहरूले पछुताउनुपर्ने लीको भनाइ छ।

‘टाउको छोप्न छाना हुनु महत्त्वपूर्ण छ। तर, सार्वजनिक आवास इकाइको लागि मात्र आफ्नो विकास क्षमता र अवसरहरू बर्बाद गर्नु हुँदैन,’ कार्यकारी परिषद्का नीति सल्लाहकारहरूसँगको साप्ताहिक बैठकमा लीले भने, ‘तपाईंहरूले हासिल गर्न सक्ने उपलब्धि त्यो फ्ल्याटले दिनेभन्दा सय गुणा वा असीमित गुणा बढी हुनेछ।’

सार्वजनिक आवास सुरक्षित गर्ने लक्ष्य राख्ने विशेषगरी अविवाहति युवाले आफ्नै नयाँ परिभाषा सिर्जना गर्न सक्ने, जुन उनीहरूका लागि बढी लाभदायक हुने लीको सुझाव छ।

लीको यो अभिव्यक्तिसँगै उनी सब्सिडीयुक्त फ्ल्याटका लागि आवेदन दिन युवाहरूलाई निरुत्साहित गर्ने सार्वजनिक अधिकारीहरूको समूहमा सामेल हुने पछिल्लो नेता बनेका छन्।

आवास सचिव विन्नी होले यसअघि नै यस्तो कदमले युवालाई आर्थिक उन्नति गर्न बाधा पुर्‍याउने धारणा सार्वजनिक गरिसकेका थिए। युवाहरू अनुदानित फ्ल्याटको लागि योग्य बन्न आयको सीमामा बाँधिने र यसले विकृति पैदा हुने उनले चिन्ता व्यक्त गरेका थिए।

त्यस्तै, आवास निर्देशक रोजाना लले पनि सब्सिडीयुक्त फ्ल्याटको पछि लाग्नुको सट्टा सामाजिक सिँढी चढ्न युवाहरूलाई आह्वान गरेकी थिइन्।

आवास प्राधिकरणका अनुसार सार्वजनिक आवासका लागि योग्य हुन एकल व्यक्तिको आम्दानी मासिक १२ हजार ९४० हङकङ डलरभन्दा माथि हुनु हुँदैन। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .