हङकङ : केटीको निहुँमा किशोरकिशोरीको समूह झडपमा उत्रेपछि...

हङकङ : केटीको निहुँमा किशोरकिशोरीको समूह झडपमा उत्रेपछि...

घटनास्थलमा प्रहरी (एससीएमपी)


नेपालखबर
साउन १, २०८१ मंगलबार ११:२८, हङकङ

एउटा युवतीको निहुँमा झगडा गर्ने दुई समूहका सात जना किशोरलाई हङकङ प्रहरीले पक्राउ गरेको छ।

सोमबार साँझ फ्यानलिङमा १४/१५ वर्षका किशोरकिशोरीको समूह एकआपसमा लडिरहेको देखेपछि एक पैदलयात्रीले प्रहरीलाई खबर गरिदिएका थिए। उनीहरू मुक्का, लात्ती र लाठीद्वारा एकापसमा लडिरहेका थिए।

यसपछि घटनास्थल पुगेको प्रहरीले १३, १५ र १६ वर्षका तीन किशोरलाई नियन्त्रणमा लिएको थियो।

झडपका क्रममा भाँचिएको लठ्ठी

टाउको, आँखा र कुहिनोमा चोट लागेका उनीहरूलाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको थियो।

पक्राउ परेकाहरूसँग गरिएको सोधपुछका क्रममा दुई समूहबीच एउटा युवतीको निहुँमा झगडा भएको बुझिएको छ।

यस्तै, हिजै ताइपोमा भएको अर्को घटनामा १५/१६ वर्षका अन्य चार जना किशोर पक्राउ परेका छन्।

उनीहरूलाई पनि हिंसात्मक झगडा गरेको आरोपमा पक्राउ गरिएको हो। (एजेन्सी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .