हङकङका अधिकांश कपाल सौन्दर्य सामग्रीमा हानिकारक रसायन

‘संकलित नमुनामा प्रजननमा असर पुर्‍याउने तत्त्व भेटियो’
हङकङका अधिकांश कपाल सौन्दर्य सामग्रीमा हानिकारक रसायन

हङकङमा बिक्री हुने ९० प्रतिशतभन्दा बढी कपालसम्बन्धी सौन्दर्य सामग्रीमा हानिकारक रसायन भेटिएको छ (सांकेतिक तस्बिर : फ्रिपिक)


नेपालखबर
असार ३१, २०८१ सोमबार १७:२२, हङकङ

हङकङमा बिक्री हुने ९० प्रतिशतभन्दा बढी कपालसम्बन्धी सौन्दर्य सामग्रीमा हानिकारक पदार्थ भेटिएको छ।

सहरको उपभोक्ता परिषद्ले स्थानीय रूपमा उपलब्ध ५० वटा सौन्दर्य सामग्रीको परीक्षणपछि उक्त निष्कर्ष निकालेको हो।

परिषद्ले सोमबार दिएको जानकारीअनुसार ५० वटा नमुनाको परीक्षणमा ४८ प्रकारका हानिकारिक रसायन फेला परेको छ।

यस्ता सामग्रीमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा धेरै माथि रासायनिक पदार्थ प्रयोग गरेको पाइयो। तर, प्याकेजिङमा चाहिँ उक्त मात्रा उल्लेख नगरेको पाइएको हो।

परीक्षण गरिएकामध्ये ‘हेयर वाक्स’ र ‘हेयर क्ले’मा बीएमएचसीए समावेश भएको फेला परेको थियो। जसलाई प्रजनन क्षमतामा असर पर्ने कारण देखाई ईयूले प्रतिबन्धित गरेको छ। बीएमएचसीए कस्मेटिक सामान प्रयोग गरिने एक प्रकारको अत्तर हो।

त्यस्तै, अर्को एक नमुनामा मुख्यभूमि र ईयूले तोकेको मापदण्डभन्दा बढी ‘प्याराबेन्स’को प्रयोग गरेको भेटिएको थियो। यसको पनि लामो समयसम्म प्रयोग गर्दा प्रजनन प्रणालीलाई असर गर्न सक्ने अध्ययनले देखाएका छन्।

उपभोक्ता परिषद्ले यी नमुनालाई पशुमा प्रयोग गर्दा यौन कार्य तथा प्रजनन क्षमतामा असर गरेको जनाएको छ। जसले सन्तान विकास प्रणालीमा असर पार्ने अध्ययनको निष्कर्ष छ।

यसका साथै, परीक्षण गरिएकामध्ये ४० प्रतिशत नमुनामा चिनियाँ वा अंग्रेजीमा सामग्रीको सूची राखिएको थिएन। त्यस्तै, १७ मोडलमा म्याद सकिने मिति उल्लेख नभएको परिषद्लाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .