हङकङ : साइकुङमा पौडी खेल्दा बेपत्ता व्यक्ति मृत फेला परे

हङकङ : साइकुङमा पौडी खेल्दा बेपत्ता व्यक्ति मृत फेला परे

साइकुङमा ‘स्नोकेलिङ’ का लागि गएका समूहमध्ये एक जना बेपत्ता भएका थिए (एससीएमपी)


नेपालखबर
असार ३०, २०८१ आइतबार १३:२, हङकङ

हङकङको साइकुङमा ‘स्नोकेलिङ’ (पौडी खेल्ने कार्य) का क्रममा बेपत्ता भएका व्यक्ति मृत फेला परेका छन्।

स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार शनिबार राति ‘स्नोकेलिङ’का लागि महिला तथा पुरुषको समूह साइकुङ गएको थियो। तीमध्ये ५४ वर्षीय चान उपनामका व्यक्ति बेपत्ता भएका थिए।

राति पौने १ बजे व्यक्ति हराएको खबर पाएको प्रहरीले रातभरको खोजीपछि आइतबार बिहान ११ बजे लाइचि चोङमा एक व्यक्तिको शव फेला पारेको थियो।

मालिसुइ मरिन प्रहरी वृत्तमा पठाइएको शव बेपत्ता व्यक्ति चानकै रहेको पुष्टि भएको थियो।

उनको डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि मृत्युको खास कारण पोस्टमार्टमपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ। (एजेन्सी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .