हङकङमा घटेकै हो त सार्वजनिक आवासको प्रतीक्षा समय?

हङकङमा घटेकै हो त सार्वजनिक आवासको प्रतीक्षा समय?

आवास निर्देशक रोजना लले सार्वजनिक आवासको प्रतीक्षा समय सन् २०२६/२७ सम्म ४.५ वर्षमा पुर्‍याउने बताइन् (तस्बिर : एससीएमपी)


नेपालखबर
असार २८, २०८१ शुक्रबार १८:७, हङकङ

हङकङ सरकारको आवास निर्देशक रोजना लले सार्वजनिक आवासको प्रतीक्षा अवधि घटेको दाबी गरेकी छन्।

शुक्रबार आवास प्राधिकरणको नियमित खुला बैठकमा बोल्दै लले सन् २०२६/२७ सम्म यो अझै घटाएर ४.५ वर्षमा पुर्‍याउने लक्ष्य रहेको सुनाइन्।

वर्तमान सरकारको मन्त्रिपरिषद्ले कार्यभार सम्हाल्नुअघि सार्वजनिक आवासको औसत प्रतीक्षा समय ६.१ वर्ष रहेकोमा गत वर्षको मार्च-जुनमा १३ प्रतिशतले घटेर ५.३ वर्षमा झरेको उनको दाबी छ।

बैठकमा बोल्दै निर्देशक लले सार्वजनिक आवासको दुरुपयोग रोक्नका लागि ल्याइएका नयाँ उपाय प्रभावकारी भएको बताइन्।

आवास प्राधिकरणको शुक्रबार बसेको नियमित बैठक (द स्ट्यान्डर्ड)

उनका अनुसार आ.व. २०२३/२४ मा दुरुपयोग गरिएका २८ सय फ्ल्याट प्राधिकरणले फिर्ता लिएको थियो। साथै, चालु आर्थिक वर्षकै अप्रिलदेखि जुनसम्म सात सय इकाइ फिर्ता लिएको उनको कथन छ।

दुई महिनाअघिको नियमित बैठकमा प्राधिकरणले मार्चको अन्त्यसम्मको औसत पर्खाइ ५.८ वर्षबाट ५.७ मा झरेको बताएको थियो। त्यस्तै, वृद्ध आवेदकको लागि औसत प्रतीक्षा समय ०.२ वर्ष घटेर ३.८ मा झरेको जानकारी गराएको थियो। (एजेन्सी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .