हङकङको एक आवासीय भवनमा आगलागी, भित्र थिए ९७ बालबालिकासहित १९० जना

हङकङको एक आवासीय भवनमा आगलागी, भित्र थिए ९७ बालबालिकासहित १९० जना

मेइतिङ हाउसको तल्लो तलामा आगलागी भएको हो (द स्ट्यान्डर्ड)


नेपालखबर
असार २८, २०८१ शुक्रबार १३:५९, हङकङ

शुक्रबार बिहान हङकङको सातिनस्थित एक आवासीय भवनमा आगलागी भएको छ।

बिहान करिब १० बजेको आसपासमा सातिनस्थित मेइतिङ हाउसको तल्लो तलामा रहेको एक युनिटबाट धुवाँ निस्किएको थियो।

खबर पाउनासाथ दमकलसहित घटनास्थल पुगेको प्रहरीले आगो निभाएको थियो।

यस क्रममा प्रहरीले भवनभित्र रहेका ९७ जना किन्डरगार्टनका विद्यार्थीसहित १९० जनालाई बाहिर निकालेको थियो।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार युनिटमा रहेको शौचालयमा सर्ट सर्किट भएर आगलागी भएको आशंका गरिएको छ।

यद्यपि, आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (एजेन्सी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .