हङकङमा स्कुल बससहित ४ गाडी ठोकिँदा ५ विद्यार्थी घाइते

हङकङमा स्कुल बससहित ४ गाडी ठोकिँदा ५ विद्यार्थी घाइते

चार सवारी साधन एकापसमा ठोकिएका हुन् (फेसबुक/ह्युगो चान)


नेपालखबर
असार १४, २०८१ शुक्रबार १५:५३, हङकङ

हङकङ आइल्यान्डको एक्सप्रेसवेमा शुक्रबार दिउँसो चार वटा सवारी साधन एकापसमा ठोकिँदा प्राथमिक विद्यालयका पाँच विद्यार्थीसहित एक बस चालक घाइते भएका छन्।

प्रहरीले बताएअनुसार दिउँसो साढे दुई बजे नर्थ पोइन्टको आइल्यान्ड पूर्वी करिडोरमा दुई वटा स्कुल बस, एउटा निजी कार र एक ट्याक्सी एक आपसमा ठोकिएका हुन्।

दुर्घटनामा एउटा बसका चार विद्यार्थी र बस चालक तथा अर्को बसका १ विद्यार्थी घाइते भएका हुन्।

घाइतेहरूलाई चाइवानको पामेला युड नेदरसोल पूर्वी अस्पताल लगिएको थियो।

बसमा सवार अन्य ६ जना विद्यार्थी पनि सामान्य घाइते भएका छन्। उनीहरूको नाकमुखमा चोट लाग्नुका साथै टाउको दुखेको रिपोर्ट गरेका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार सुरुमा दुई बस एक–आपसमा ठोकिए। त्यसपछि एउटाले ट्याक्सी र अर्कोले निजी कारलाई ठक्कर दिएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .