हङकङ विमानस्थलको कम्प्युटर प्रणालीमा समस्या, डिस्प्लेबोर्डमा उडान विवरण नआउँदा यात्रु मर्कामा

हङकङ विमानस्थलको कम्प्युटर प्रणालीमा समस्या, डिस्प्लेबोर्डमा उडान विवरण नआउँदा यात्रु मर्कामा

विमानस्थलको प्रस्थान हलमा रहेको स्क्रिनमा उडान जानकारी उपलब्ध छैन (दुवै तस्बिर : एससीएमपी)


नेपालखबर
असार ९, २०८१ आइतबार १२:२१, हङकङ

कम्प्युटर प्रणालीमा समस्या आएपछि आइतबार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सूचना प्रणाली अवरुद्ध भएको छ।

बिहान ७ बजेदेखि नै विमानस्थलको उडान बोर्डमा प्रस्थान, आगमनका साथै चेक इन काउन्टर विवरण लगायत अद्यावधिक नहुँदा यात्रु तथा विमानस्थलका कर्मचारीलाई असुविधा भएको हो।

एयरपोर्ट अथोरिटी हङकङ (एएएचके)ले प्रणालीमा खराबीका कारण उडान सूचना डिस्प्ले बोर्डमा समस्या आएको बताएको छ। जसका कारण इलोक्ट्रोनिक स्क्रिन, वेबसाइट, मोबाइल एप अद्यावधिक हुन सकेनन्।

उडान विवरण ह्वाइटबोर्डमा लेखिँदै

डिस्प्ले बोर्डमा समस्या आए पनि उडान सञ्चालनमा भने कुनै असर नपरेको एएएचकेले जनाएको छ। साथै, प्रभावित सेवालाई व्यवस्थित गर्न विमानस्थलले आपत्कालीन प्रतिक्रिया केन्द्र (इमर्जेन्सी रेस्पोन्स् सेन्टर) लागिपरेको पनि बताइएको छ।

यो असुविधाका कारण यात्रुलाई चेक-इनको लागि प्रशस्त समय दिन र यात्रुलाई पनि उडान जानकारीका लागि एयरलाइन्ससँग समन्वय गर्न एएएचकेले सुझाव दिएको द स्ट्यान्डर्डमा उल्लेख छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .