हङकङमा घरायसी विवाद कुटपिटसम्म पुग्दा महिलाको गयो ज्यान, पुरुष पक्राउ

हङकङमा घरायसी विवाद कुटपिटसम्म पुग्दा महिलाको गयो ज्यान, पुरुष पक्राउ

प्रेमिकाको हत्या आरोपमा प्रहरीले प्रेमीलाई पक्राउ गरेको छ (द स्ट्यान्डर्ड)


नेपालखबर
असार ९, २०८१ आइतबार ११:२७, हङकङ

हङकङमा शनिबार दिउँसो घरायसी विवाद हात हालाहालको स्थितिमा पुग्दा दुःखद घटना घट्न पुगेको छ।

फानलिङस्थित वाहसम स्टेटमा रहेको वाहमिन हाउसमा बस्ने ५६ वर्षीया महिला र ५९ वर्षीय पुरुषबीच झगडा हुँदा महिलाको मृत्यु भएको छ। उनीहरूलाई स्थानीय सञ्चारमाध्यमले प्रेमी/प्रेमिका उल्लेख गरेका छन्।

दुई जनाबीच झगडा हुँदा पुरुषको मुक्का प्रहारबाट महिलाको मृत्यु भएको हो। प्रहारबाट ढलेकी महिलाको टाउको भुइँमा बजारिँदा बेहोस भएपछि पुरुषले नै प्रहरीलाई खबर गरेका थिए। झगडा पर्दा आफू भावुक भएको र प्रेमिकाको टाउकोमा प्रहार गरेको उनले प्रहरीलाई बताएका छन्।

प्रहरीले शनिबार साँझ साढे ५ बजे वाहमिन हाउसमा झगडा भएको खबर पाएकाे थियो। झगडाको क्रममा आफूले कुटपिट गरेको पुरुषले स्वीकार गरिसकेका छन् भने हत्या आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ।

ताइपो जिल्लाका सहायक कमान्डर ब्रायन चुङले वाह मिन हाउसको तल्लो फ्ल्याटमा झगडा भएको खबर पाएपछि अधिकारीहरू त्यहाँ गएको बताए।

‘प्रहरीले झगडाको खबर साँझ साढे ५ बजे पाएको थियो,’ चुङलाई उद्धृत गर्दैै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ, ‘मृतकको शरीरमा धेरै चोट थिए, जसमध्ये अधिकांश शरीरको माथिल्लो भागमा थियो।’

पीडित महिलाको घटनास्थलमै मृत्यु पुष्टि भएको चुङले जानकारी दिए। पक्राउ परेका पुरुषलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा धारिलो वस्तु प्रयोग भएको कुनै घाउ नदेखिएको तर पनि मृत्युको ठोस कारण पोस्टमार्टमको रिपोर्टपछि मात्र भन्न सकिने प्रहरीले बताएको छ।

झगडालु पुरुष र महिलाबीच शुक्रबार रातिदेखि नै झगडा सुरु भएको बुझिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .