हङकङ : अवैध धन्दाको आशंकामा ११ मसाज पार्लरमा छापा, १४ महिला पक्राउ

हङकङ : अवैध धन्दाको आशंकामा ११ मसाज पार्लरमा छापा, १४ महिला पक्राउ

वस्तुस्थिति अवगत गराउँदै अधिकारीहरू (द स्ट्यान्डर्ड)


नेपालखबर
असार ६, २०८१ बिहिबार १४:५२, हङकङ

हङकङ प्रहरीले विनाइजाजतपत्र सञ्चालनमा रहेका ११ वटा मसाज पार्लरमा छापा मारी १४ जना महिलालाई पक्राउ गरेको छ।

न्यु टेरिटोरिजमा सञ्चालित ती पार्लरमा यौनधन्दा हुने गरेको प्रहरीको आशंका छ।

‘यौन सेवा प्रदान गर्नका लागि इजाजतपत्रविनाका मसाल पार्लरहरूको प्रयोग भइरहेको छ,’ चुनमुन विभागीय उप-कमान्डर वोङ लङ भन्छन्, ‘यस्ता गैरकानुनी गतिविधिले स्थानीय बासिन्दाको शान्तिलाई भंग गर्ने मात्र होइन, अन्य आपराधिक क्रियाकलापलाई पनि सहज बनाउँछ।’

यही कुरालाई मध्यनजर गर्दै प्रहरीले न्यु टेरिटोरिजमा विशेष सतर्कता अपनाएको थियो। चुनमुन टास्क फोर्सका अधिकारीले प्रारम्भिक अनुसन्धानमा त्यस्ता ११ फ्ल्याट पहिचान गरी कारवाही अघि बढाएको बताउँछन् उप-कमान्डर एवं मुख्य प्रहरी निरीक्षक वोङ।

प्रहरीले ती फ्ल्याटमा छापा मारेर ३२ देखि ५७ वर्ष उमेर समूहका १४ जना महिलालाई पक्राउ गरेको थियो। तीमध्ये १ जना मुख्यभूमि चीनको रहेको मुख्य निरीक्षक वोङले जानकारी दिए।

पक्राउ परेकाहरूलाई इजाजत नलिई सञ्चालित मसाज पार्लरको व्यवस्थापनमा सहयोग गरेको, बस्ने सर्त उल्लंघन गरेको लगायत आरोपमा पक्राउ गरिएको हो।

छापा मार्ने क्रममा प्रहरीले मसाज पार्लर(हरू)बाट मसाज टेबल, साइनबोर्डका साथै कन्डम र मसाज तेलको बोतल लगायतका सामग्री बरामद गरेको जनाएको छ।

अपरेसनका क्रममा प्रहरीले फ्ल्याट मालिकहरूलाई आफ्नो घरलाई गैरकानुनी क्रियाकलापमा प्रयोग गर्न दिनु पनि अपराध गरेसरह हुने र यो पुष्टि भएमा ७ वर्षसम्म जेल सजाय हुन सक्नेबारे अवगत गराएको वोङले बताए।

हङकङको कानुनअनुसार इजाजतपत्रविना मसाज पार्लर चलाएमा अधिकतम ६ महिनाको जेल सजाय र ५० हजार हङकङ डलर जरिवाना हुने कानुनी प्रावधान छ।

पक्राउ परेका सबैलाई धरौटीमा रिहा गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .