हङकङको एक अस्पतालमा ५० मिनेट बिजुली गएपछि...

हङकङको एक अस्पतालमा ५० मिनेट बिजुली गएपछि...

क्वङ वाह अस्पतालका केही अपरेटिङ थिएटरमा बुधबार साँझ ५० मिनेट बिजुली गएको थियो (एससीएमपी)


नेपालखबर
असार ६, २०८१ बिहिबार ११:१६, हङकङ

हङकङको एक अस्पतालमा बुधबार साँझ ५० मिनेट बिजुली गएपछि नियमित तालिका प्रभावित भएको छ।

मङककस्थित क्वङ वाह अस्पतालमा बुधबार साँझ ७ बजे विद्युत् आपूर्ति प्रणाली अवरुद्ध भई केही अपरेटिङ थिएटरमा बिजुली गएको थियो।

जसका कारण बिजुली आपूर्ति बन्द भएका अपरेटिङ थिएटरमा शल्यक्रियाका लागि तयारी गरिएका बिरामीलाई अन्य अपरेटिङ थिएटरमा सारिएको थियो।

यसको प्रभाव आज (बिहीबार) पनि पर्ने भएको छ। आजका लागि तय गरिएका २५ वटा शल्यक्रियालाई अस्पतालले स्थगित गरेको छ।

७ बजे बिजुली आपूर्ति प्रभावित भएपछि अस्पतालले तुरुन्तै आकस्मिक मर्मतको व्यवस्था गरेको थियो। अस्पताल प्राधिकरणले जानकारी गराएअनुसार बेलुका ७ः५० बजे बिजुली आपूर्ति सुरु भएको थियो।

‘बिजुली आपूर्तिमा अवरोध भएपछि उक्त समय अवरोध भएका थिएटरमा गर्ने तय भएको शल्यक्रियालाई अर्को अप्रभावित थिएटरमा स्थानान्तरण गर्न आवश्यक थियो,’ अस्पताल प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ, ‘यसको असरले गर्दा बिहीबार हुने अन्य २५ वटा गैरआकस्मिक शल्यक्रिया स्थगित हुनेछन्।’

विद्युत् आपूर्तिमा अवरोध भए पनि आकस्मिक शल्यक्रिया, भर्ना भएर उपचार गराइरहेका बिरामी, दुर्घटना र आपत्‌कालीन सेवालाई भने प्रभावित हुन नदिइएको प्रवक्ताले स्पष्ट पारेका छन्।

अस्पतालले बिजुली आपूर्ति अवरुद्धको कारणबारे विस्तृत विवरण खुलाएको छैन। यद्यपि, प्रभावित बिरामीहरूसँग माफी मागेको छ भने प्राधिकरणको मुख्य कार्यालयलाई घटनाको जानकारी गराएको बताएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .