टेन्सेन्टको क्वान्टनफार्म बन्दै छ हङकङको यो वर्षकै दोस्रो ठूलो आईपीओ

टेन्सेन्टको क्वान्टनफार्म बन्दै छ हङकङको यो वर्षकै दोस्रो ठूलो आईपीओ

कम्पनीका सीईओ मा जियान, बोर्ड प्रमुख वेन शुहाओ र सीएफओ ट्याम म्यान हङ


नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १८:१८, हङकङ

चर्चित कम्पनी टेन्सेन्टको लगानी रहेको कृत्रिम बौद्धिक (एआई) औषधि अनुसन्धाता क्वान्टमफार्म हङकङमा यो वर्षकै दोस्रो ठूलो आईपीओ बन्ने दिशामा अग्रसर देखिएको छ। 

कम्पनीको प्राथमिक सेयर किन्न लगानीकर्ता उत्साहित देखिएका हुन्। कम्पनीले ५.०३ र ६.०३ हङकङ डलरको ब्यान्डमा मूल्य राखे यो वर्ष १ अर्ब १३ करोड हङकङ डलर (साढे १४ करोड डलर) उठाउनेछ। 

उक्त रकम संकलनमा सफल भए कम्पनी हङकङमा यो वर्षकै दोस्रो ठूलो आईपीओ बन्नेछ। यसअघि चिनियाँ चिया पसल सिचुआन बैचा बैदाओ इन्डस्ट्रियलले अप्रिलमा २.४६ अर्ब हङकङ डलर उठाएको थियो। 

कम्पनीले मंगलबार सेयरको मूल्य तोक्नेछ। जुन १३ मा सूचीकृत हुनुभन्दा १ दिनअघि आईपीओ वितरणको नतिजा घोषणा गर्नेछ। शुक्रबारसम्मकम्पनीले ४.३ अर्ब हङकङ डलरको आवेदन प्राप्त गरिसकेको कम्पनीले जनाएको छ। 

१२ मुख्य ब्रोकरहरुबाट आईपीओको माग भएको बताइएको छ। एससीएमपीबाट

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .