‘ड्रागन बोट फेस्टिवल’मा हङकङस्थित नेपाली महावाणिज्य दूतावास बन्द रहने

‘ड्रागन बोट फेस्टिवल’मा हङकङस्थित नेपाली महावाणिज्य दूतावास बन्द रहने

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १५:५४, हङकङ

नेपाली महावाणिज्य दूतावास हङकङले ‘ड्रागन बोट फेस्टिवल’का दिन सार्वजनिक बिदा दिएको छ।

१० जुनमा पर्ने यस पर्वका दिन महावाणिज्य दूतावासको कार्यालय बन्द रहने दूतावासले सूचनामार्फत जानकारी गराएको हो।

‘ड्रागन बोट फेस्टिवलको अवसरमा हङकङ तथा मकाओमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिन तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ,’ शुक्रबार जारी महावाणिज्य दूतावासको सूचनामा भनिएको छ, ‘उक्त अवसरमा यही १० जुन २०२४ (तदनुसार २८ जेड २०८१) सोमबारका दिन महावाणिज्यदूतावास बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।’

ड्रागन बोट फेस्टिवल चिनियाँ एक परम्परागत छुट्टि हो जुन चिनियाँ क्यालेन्डरको पाँचौँ महिनाको पाँचौँ दिन पर्दछ। यो ग्रेगोरियन पात्रोअनुसार मेको अन्त्य वा जुनको सुरुआतमा पर्दछ।

यो पर्वलाई विशेषतः दक्षिणी चीनको परम्परागत चाडका रूपमा लिइन्छ। कतिपय लोककथन अनुसार ईसापूर्व ६०० तिर दक्षिणी चिनियाँ राज्य चुका प्रधानमन्त्री क्यु युआन निकै लोकप्रिय थिए। राज्यहरू युद्धरत रहेको उक्त समयमा प्रधानमन्त्री युआनले ड्रागन डुङ्गा दौड राखेर जोङ्जी भनिने टाँसिएका चामलको डम्पलिङ खाई मनाउने परम्परा बसाले।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .