हङकङमा पानीको पाइप फुट्दा सडक अवरुद्ध

हङकङमा पानीको पाइप फुट्दा सडक अवरुद्ध

नेपालखबर
जेठ २७, २०८१ आइतबार ११:४, हङकङ

हङकङमा आइतबार बिहान पानीको फुट्दा लङचेङ रोडको केही भाग बन्द भएको छ।

बिहान करिब ३ बजे पिङसेक स्टेट नजिकै लङ चेङ रोडमा पानीको पाइप फुटेको र सवारी आवागमनमा असर परेको प्रहरीले जानकारी दिएको छ।

पिङसेक स्टेट नजिकै क्वाइ चुङतर्फ जाने लङचेङ रोड फ्लाइओभरका दुई वटा ट्राफिक लेन अस्थायी रूपमा बन्द भएका हुन्।

पानीको पाइप फुटेको सम्बन्धमा पानी आपूर्ति विभाग (डब्लूएसडी)ले पनि पुष्टि गरेको छ। घटनास्थलमा ७५० एमएमको पानी (फ्रेस वाटर) आपूर्तिको पाइप रहेको र त्यहाँ कर्मचारी पठाइएको सामाजिक सञ्जालमामार्फत विभागले जानकारी दिएको छ। जसबाट फुटेको पाइप खानेपानीको हुनसक्ने अनुमान लगाउन सकिन्छ।

पाइप फुटे पनि प्रयोगकर्ताकहाँ आपूर्ति प्रभावित नभएको पनि विभागले स्पष्ट पारेको छ।

यस्तै, आपत्कालीन मर्मत कार्य गर्न हरसम्भव प्रयास गरिरहेको र ट्राफिकमा पर्ने असरलाई कम गर्न दिउँसोसम्म कुनै एक लेन खोल्ने प्रयास गरिरहेको बताएको छ।

त्यसैगरी, मर्मतस्थलमा खटिएका मजदुरहरूसँग कामको अवस्थाबारे बुझ्दा दिउँसोसम्म एउटा लेन खुल्न सक्ने आशा व्यक्त गरे। (द स्ट्यान्डर्डबाट)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .