हङकङको क्याथे प्यासिफिकले साउदी अरबमा सिधा उडान गर्ने

हङकङको क्याथे प्यासिफिकले साउदी अरबमा सिधा उडान गर्ने

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १३:४४, हङकङ

हङकङको क्याथे प्यासिफिक एयरवेजले २८ अक्टोबरदेखि साउदी अरबको राजधानी रियादमा सिधा उडान गर्ने भएको छ।

बेल्ट एन्ड रोड इनिसिएटिभमा भाग लिने सहर तथा देशहरूबीचको कनेक्टिभिटी, व्यापार र सांस्कृतिक आदान-प्रदानलाई थप वृद्धि गर्ने प्रयासस्वरुप रियादमा सिधा उडान सुरु गर्न लागिएको यातायात तथा रसद (ट्रान्सपोर्ट एन्ड लजिस्टिक्स) सचिव लाम साइले बताए।

सिधा उडानका लागि बिहीबार भएको सम्झौता कार्यक्रममा बोल्दै सचिव लामले हङकङ र साउदी अरबबीचको उड्डयन साझेदारीलाई महत्त्वपूर्ण कोसेढुंगा भनेका छन्।

‘रियादमा सेवा सुरु गर्ने क्याथे प्यासिफिकको पहलले हङकङको उड्डयन सञ्जाल विस्तार गर्नुका साथै मध्यपूर्वसँगको हवाई सम्पर्क बढाउन सक्षम भएका छौँ,’ चिमसा चोइस्थित पेनिनसेला होटलमा भएको कार्यक्रममा लामले भने, ‘यसले अन्तर्राष्ट्रिय उड्डयन केन्द्रको रूपमा हाम्रो स्थितिलाई थप सुदृढ बनाउँछ।’

हस्ताक्षर कार्यक्रममा बोल्दै लामले एसिया, युरोप र अफ्रिकाका ७० भन्दा बढी देशलाई जोड्ने राष्ट्रको व्यापार रणनीतिअनुरुप बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत प्रमुख विद्यमान रुटमा हवाई सेवा र ‘नयाँ सिल्क रोड’ मार्फत रेल तथा सडक मार्गलाई सुदृढ बनाइने बताए।

उड्डयन विकास उपाध्यक्ष रशेद अलशामारी  सम्झौतामा हस्ताक्षर गर्दै। उभिएकामध्ये बायाँबाट दायाँतर्फ  क्रमश: क्याथेका सीईओ रोनाल्ड लाम, यातायात मन्त्री लाम साइ, साउदी एयर कनेक्टिभिटी कार्यक्रमका सीईओ मजिद खान र हङकङका लागि साउदी अरेबियाका महावाणिज्यदूत हमाद अल्जेब्रिन (एससीएमपी)

सम्झौताअनुसार क्याथेको एयरबस ए३५०-९०० विमानले हङकङ र रियादबीच बिजनेस, प्रिमियम इकोनोमी र इकोनोमी क्लासका हप्तामा तीन उडान गर्नेछ।

त्यस्तै, कार्यक्रममा बोल्दै हङकङका लागि साउदी अरबका महावाणिज्यदूत हमाद अल्जेब्रिनले यो रुटको सञ्चालन साउदी र हङकङबीचको सम्बन्ध सुधारका साथै आर्थिक, पर्यटन र सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्न महत्त्वपूर्ण कदम भएको बताए।

यसैगरी, साउदी एयर कनेक्टिभिटी कार्यक्रमका सीईओ मजिद खानले क्याथेको नयाँ उडानले साउदी अरबको पर्यटन विकासमा हङकङ प्रमुख स्रोत बजार बन्नुका साथै चीनबाट वार्षिक पाँच करोड पर्यटक भित्र्याउने साउदीको लक्ष्यलाई मद्दत गर्ने विश्वास गरे।

सरकारले साउदी अरबसँग व्यापार र लगानी सम्बन्ध बढाएको भन्दै क्याथेले यसअघि नै वर्षको चौथो त्रैमासिकमा हङकङ र रियादबीचको उडान पुनः सुरु गर्ने घोषणा गरेको थियो। यसअघि एयरलाइन्सले मार्च २०१७ मा रुट रद्द गरेको थियो। (साउथ चाइना मर्निङ पोेस्टबाट)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .