हङकङमा साढे २५ लाख डलरको नक्कली नोट बरामद

हङकङमा साढे २५ लाख डलरको नक्कली नोट बरामद

सक्कली नोटमा कडा इम्बोस्ड अनुभव गर्न सकिन्छ भने नक्कलीमा चिल्लो सतह मात्र भेटिन्छ (सटरस्टक)


नेपालखबर
जेठ २०, २०८१ आइतबार १२:४६, हङकङ

यस वर्षको जनवरीदेखि अप्रिलसम्मको चार महिनामा हङकङ प्रहरीले सहरमा २५ लाख ५० हजार हङकङ डलरको नक्कली नोट बरामद गरेको जनाएको छ।

यस अवधिमा उक्त रकम बराबरका विभिन्न मूल्यका तीन हजार तीन सय ९६ वटा नक्कली नोट बरामद गरिएको हो।

प्रहरी बलका प्रवक्ताका अनुसार जफत गरिएका धेरैजसो नक्कली नोट कम छपाइ गुणस्तरका छन्। कुनै पनि नोटमा शंका लागेमा हङकङका नोटमा प्रयोग हुने डायनामिक सिमरिङ ढाँचा तथा झ्यालयुक्त धातुको धागो जस्ता सुरक्षा मापदण्ड जाँच गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

साथै, सक्कली मुद्रामा कडा इम्बोस्ड अनुभव गर्न सकिने र नक्कलीमा भने चिल्लो सतह मात्र रहेकोले शंका लागेमा यसबाट पनि छुट्याउन सकिने मौद्रिक प्राधिकरणले जनाएको छ।

प्रहरी स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार नक्कली नोट बजारमा ल्याउने गिरोहले प्रायः खुद्रा पसलमा किनमेल गर्दा, ट्याक्सी भाडा तिर्दा जस्ता माध्यम प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ।

प्रहरीले सर्वसाधारणलाई यो पनि सुझाएको छ कि– कसैले आफूसँग नक्कली नोट आएमा यसलाई तुरुन्तै प्रहरी वा बैंकमा बुझाउनु पर्छ । यदि पुनः प्रयोग गर्ने प्रयास गरेमा नक्कली नोट पास गर्ने अपराधमा पर्न सकिनेछ।

हङकङमा नक्कली नोट उत्पादन, सर्कुलेसन वा पास गरेको अपराध ठहर भएमा १४ वर्षसम्मको जेल सजाय हुने कानुनी प्रावधान रहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .