हङकङ-हार्बिन सिधा उडान सुरु, यात्रा अवधि पाँच घण्टा छोटिने

हङकङ-हार्बिन सिधा उडान सुरु, यात्रा अवधि पाँच घण्टा छोटिने

चाइना साउदर्न एयरलाइन्सको ए३२० विमानमार्फत हङकङ-हार्बिन सिधा उडान सुरु गरिएको हो


नेपालखबर
जेठ २०, २०८१ आइतबार १८:५, हङकङ

हङकङ र हार्बिनबीचको सिधा उडान आइतबारदेखि सुरु भएको छ। हार्बिन चीनको उत्तरी प्राप्त हेइलोङजियाङको राजधानी हो।

सिधा उडान प्रारम्भ भएसँगै दुई सहरबीचको उडान अवधि झन्डै पाँच घण्टा घट्ने छ।

मे २७ मा मुख्यभूमिका अधिकारीहरूले हङकङ र मकाउमा सिधा उडान गर्नेगरी चिनियाँ थप आठ सहरको अनुमोदन गरेका थिए, जसमा हेइलोङजियाङको हार्बिन पनि समावेश छ।

सीसीटीभी न्युजले जनाएअनुसार हेइलोङजियाङको प्रान्तीय यातायात विभागले हार्बिन-हङकङ रुटको सिधा उडान आइतबारबाट सुरु भएको पुष्टि गरेको हो।

चाइना साउदर्न एयरलाइन्सद्वारा ए३२० विमान प्रयोग गरी सञ्चालन गरिएको यो उडान हङकङलाई हेइलोङजियाङसँग जोड्ने पहिलो सिधा उडान हो।

समाचारमा जनाइएअनुसार यी उडान हप्तामा दुई पटक हुनेछन्। प्रत्येक बिहीबार र आइतबार सञ्चालन हुने उडान बिहान ७:४० मा हार्बिनबाट प्रस्थान गरेर दिउँसो १ बजे हङकङ आइपुग्नेछन् र दिउँसो २:१५ मा हङकङबाट प्रस्थान गरी बेलुका ७:१५ मा हार्बिन अवतरण गर्नेछन्।

यस मार्गको सुरुआतले हङकङ र हेइलोङजियाङबीचको आर्थिक, व्यापारिक, पर्यटन र सांस्कृतिक आदान-प्रदानलाई बढावा दिने अपेक्षा अधिकारीहरूको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .