हङकङमा सबै टाइफुन संकेत रद्द

हङकङमा सबै टाइफुन संकेत रद्द

शुक्रबार साँझ जारी गरिएको टी३ संकेत शनिबार १ मा झार्दै बेलुका रद्द गरिएको हो (एससीएमपी)


नेपालखबर
जेठ १९, २०८१ शनिबार १९:४९, हङकङ

हङकङ अब्जर्भेटरीले सबै टाइफुन संकेत रद्द गरेको छ।

उष्णकटिबन्धीय चक्रवात मलिक्सी सहरतर्फ सोझिएको अनुमान गर्दै शुक्रबार करिब पौने पाँच बजे टाइफुन नम्बर ३ संकेत जारी गरिएको थियो।

आँधीको प्रभाव घट्दै गएपछि शनिबार संकेत १ मा झार्दै बेलुका सबै संकेत रद्द गरिएको हो।

आँधीको प्रभाव सहरबाट लगभग दुई सय किलोमिटरभित्र आएपछि कमजोर बन्दै गएको अब्जर्भेटरीले जनाएको छ।

तर, यसको प्रभाव अझै कायम रहने र शनिबार राति तथा आइतबार बिहान पर्ल नदी डेल्टा वरपर वर्षा हुनसक्ने र आँधी पनि आउन सक्ने भएकोले सचेत रहन अब्जर्भेटरीले आग्रह गरेको छ। 

बासिन्दाहरूलाई पानी सम्बन्धित खेलमा भाग नलिन र समुद्री किनारबाट टाढा रहन आग्रह गरिएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .