हङकङमा आँधी र बाढीको त्रास, लम्बियो टी३ संकेतको समय

हङकङमा आँधी र बाढीको त्रास, लम्बियो टी३ संकेतको समय

हङकङमा भोलि बिहानसम्मलाई टी३ संकेत जारी गरिएको छ (एससीएमपी)


नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १५:५२, हङकङ

हङकङ अब्जर्भेटरीले शुक्रबार अपरान्ह ४:४० मा जारी गरेको टी३ (नं. ३ टाइफुन) संकेतलाई भोलि बिहान ६ बजेसम्म लम्ब्याएको छ।

दक्षिण चीन सागरको उत्तरी भागमा रहेको तीव्र आँधी हङकङतर्फ सोझिएको अनुमान गर्दै दिउँसो अब्जर्भेटरीले शुक्रबार ४ बजेदेखि ६ बजेसम्म टी३ संकेत जारी गर्ने घोषणा गरेको थियो।

तर, पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै यो संकेत भोलि (१ जुन) बिहान ६ बजेसम्मलाई लम्ब्याइएको हो।

आँधी मध्यरातमा पश्चिमी ग्वाङजोङको तटमा आइपुग्ने र यसले राति र भोलि बिहान पर्ल नदी मुहान वरपरको क्षेत्रमा असर गर्ने अब्जर्भेटरीको अनुमान छ। यो आँधीलाई मालिक्सी नाम दिइएको छ।

मौसम पर्यवेक्षकका अनुसार भोलि पहाडी भू–भागमा हावाहुरीसहित भारी वर्षाका साथै असिना पानी पर्ने सम्भावना छ।

समुद्री किनारमा नजान, पानी सम्बन्धित खेलमा संलग्न नहुन तथा होचो भूभाग र कमजोर ढल भएका क्षेत्रमा बाढीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सचेत रहन अब्जर्भेटरीले आग्रह गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .