समृद्धि अर्याल जो हङकङमा जन्मिन्, भारतमा पढिन्, नेपालबाट सुरु गरिन् फिल्म करिअर

समृद्धि अर्याल जो हङकङमा जन्मिन्, भारतमा पढिन्, नेपालबाट सुरु गरिन् फिल्म करिअर

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १८:२४, हङकङ

यतिखेर चलचित्र ‘फर्की फर्की’ले चर्चा पाइरहेको छ। यही जेठ १० बाट प्रदर्शनमा आएको फिल्मले दर्शक तानिरहेको छ।

यसै चलचित्रबाट अभिनेत्री समृद्धि अर्याल फिल्मी क्षेत्रमा डेब्यु गरेकी छन्। हङकङमा जन्मिएकी समृद्धिले भारतमा फिल्मसम्बन्धी अध्ययन गरेकी हुन्।

हङकङमा रहँदा अभिनेता अनमोल केसीको फिल्महरू निकै रुचाएर हेर्ने समृद्धि अहिले अनमोल स्टारर रहेको फिल्मबाटै आफ्नो करिअरको सुरुआत गरेकी छन्।

सुयोग गुरुङको लेखन र निर्देशन रहेको ‘फर्की फर्की’मा अनमोल केसीको मुख्य भूमिका छ। अनमोलको जोडीको रूपमा जसिता गुरुङ छन् भने समृद्धिको भूमिका जसिताको साथीको रूपमा छ। सलोन बस्नेत, रवि काफ्ले, निर्मल शर्मा, कृष्ण मल्ल लगायत फिल्मका अन्य पात्र हुन्।

सानैदेखि अभिनयमा रुचि राख्ने समृद्धिले अभिनयको औपचारिक शिक्षा भारतको मुम्बइबाट लिएकी हुन्। मुम्बइस्थित एक इन्स्च्यिुटबाट उनले तीन वर्ष अभिनय कक्षा लिइन्। त्यहाँ उनले क्यामेरासँगै थिएटर अभिनय पनि सिकिन्।

अध्ययनपश्चात् समृद्धिले ‘फर्की फर्की’बाट कला यात्रा सुरु गरेकी छन्।

त्यसो त उनले अध्ययनकै क्रममा कलेजमा ६ वटा छोटा फिल्ममा अभिनय गरिसकेकी थिइन्। यसबाट उनीमा क्यामरालाई कसरी ‘फेस’ गर्ने भन्ने थोरबहुत ज्ञान भइसकेको थियो। यद्यपि, व्यावसायिक करिअरमा ‘फर्की फर्की’ नै उनको पहिलो फिल्म हो।

समृद्धिको लागि डेब्यु फिल्म नै यस्तो परिदिएको छ, जुन फिल्मलाई नेपाली सिने क्षेत्रका कतिपय समीक्षकले कमर्सियल नेपाली सिनेमाको पारम्परिक सूत्रको बाँध भत्काउने ‘लुट’पछिको दोस्रो फिल्ममा दर्ज गरिदिएका छन्।

हङकङ र नेपाली चेली समृद्धिको फिल्मी यात्रा कस्तो रहला, आगामी दिनका उनकै अभिनयले तय गर्नेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .