पर्यटकको रोजाइमा मकाउ पहिलो, हङकङ सातौँ नम्बरमा झर्‍यो

पर्यटकको रोजाइमा मकाउ पहिलो, हङकङ सातौँ नम्बरमा झर्‍यो

तस्बिर : द स्ट्यान्डर्ड


नेपालखबर
जेठ १७, २०८१ बिहिबार १४:४, हङकङ

मुख्यभूमि चीनका पर्यटकको रोजाइमा हङकङलाई उछिन्दै मकाउ पहिलो नम्बरमा दर्ज भएको छ।

चाइना टुरिजम एकेडेमीको सर्वेक्षणअनुसार मकाउ गतवर्षको तेस्रो नम्बरबाट उक्लेर पहिलो नम्बरमा पुग्दा हङकङ पाचौँबाट झरेर सातौँ नम्बरमा पुगेको हो।

सन् २०१७ को सर्वेक्षणमा भने मकाउ १०औँ स्थानमा हुँदा हङकङ शीर्ष स्थानमा थियो।

सामाजिक अशान्ति, कोभिड–१९ महामारी र पर्यटनसँग सम्बन्धित नकारात्मक प्रचारका कारण बितेको एक दशकमा हङकङ आउने मुख्यभूमि पर्यटकको संख्यामा कमी आएको एकेडेमीको विश्लेषण छ।

‘हामी आशा गर्छौँ कि एसएआर सरकार र हङकङको पर्यटन क्षेत्रले मुख्यभूमिका पर्यटकको विश्वासलाई पुनस्र्थापित गर्न इमानदारी, सद्भाव, समानता र न्यानोपनाका साथ अघि बढ्नेछ,’ सर्वेक्षणको रिपोर्टमा उल्लेख छ।

यो वर्षको पहिलो चार महिनामा एक करोड १२ लाख मुख्यभूमिका पर्यटकले हङकङको भ्रमण गरेको सरकारी तथ्यांक छ। जबकि गतवर्षको सोही अवधिको तुलनामा यो झन्डै दोब्बर हो।

यसैबीच, हङकङका संस्कृति, खेलकुद तथा पर्यटन सचिव केभिन युङले पर्यटन प्रवद्र्धनलाई निरन्तरता दिने बताएका छन्। जसअन्तर्गत लोकप्रिय चलचित्र ट्वाइलाइट अफ द वारियर्स : वाल्ड इनको निरन्तरता पनि समेटिनेछ।

दर्शकलाई आकर्षित चलचित्रका सामग्रीहरू स्टेज फोटो, क्लिप र प्रोप्ससहितको प्रदर्शनीका लागि फिल्म कम्पनीसँग वार्ता भइरहेको युङलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .